लिलीसँग एट्लेटिको म्याड्रिड ३-१ ले पराजित « Khabarhub

लिलीसँग एट्लेटिको म्याड्रिड ३-१ ले पराजित


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली च्याम्पियन्स लिगको बुधवार राति भएको खेलमा फ्रान्सेली क्लब लिलीले एट्लेटिको म्याड्रिडलाई ३-१ ले हराएको छ।

लिलीका लागि वैकल्पिक खेलाडी जोनाथन डेभिडले दुई गोल गरे। ७१ औँ मिनेटमा पाएको विवादास्पद पेनाल्टीलाई गोलमा परिणत गर्दै डेभिडले भ्रमणकारी टोली लिलीलाई अग्रता दिलाएका थिए।

क्यानडाका फरवार्ड डेभिडले खेल सकिन १ मिनेट बाँकी रहँदा प्राप्त पेनाल्टीमा गोल गर्दै जित दिलाए।

यसअघि आठौँ मिनेटमा जुलियन अल्भारेजको गोलमा म्याड्रिडले अग्रता लिएको थियो। एडोन जेग्रोभाले गोल गर्दै लिलीलाई खेलमा फर्काएका थिए। यस अघिको खेलमा रियल म्याड्रिडलाई हराएको लिलीको तीन खेलबाट ६ अङ्क जोडेको छ।

च्याम्पियन्स लिगकै अर्को खेलमा एटलान्टा र सेल्टिकबिच गोलरहित बराबरी भएको छ। फियुनार्डले बेनिफकालाई ३-१ ले हराएको छ।

ब्रेस्ट र लिभरकुसेनबिचको खेल १-१ गोलको बराबरीमा सकियो। डाइनामो जाग्रेबले रेडबुल साल्ज ब्रगलाई २-० ले हरायो। इन्टर मिलान यङ ब्वाइजसँगको खेलमा १-० ले विजयी भएको छ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  ६ : ५० बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी