अतिरिक्त शुल्क तत्काल फिर्ता गर्न केएमसीलाई नेविसंघको दबाब « Khabarhub

अतिरिक्त शुल्क तत्काल फिर्ता गर्न केएमसीलाई नेविसंघको दबाब


८ कार्तिक २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौं मेडिकल कलेजका इन्टर्न चिकित्सकको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै अतिरिक्त शुल्क फिर्ता गर्न माग गरेको छ । 

नेविसंघले मेडिकल कलेजमा सात दिनदेखि जारी इन्टर्न चिकित्सकहरूको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै अतिरिक्त शुल्क तत्काल फिर्ता गर्न माग गरेको हो ।

काठमाडौं मेडिकल कलेजले नियमविपरीत प्रति विद्यार्थीबाट लिएको ४ लाख ९० हजार बराबरको अतिरिक्त रकम फिर्ता गर्नुपर्ने नेविसङ्घको माग छ । 

‘काठमाडौं मेडिकल कलेजले नियमविपरीत प्रतिविद्यार्थी अतिरिक्त इन्टर्नसिप शुल्क २ लाख, एनएमसी रजिष्ट्रेशन शुल्क ५ हजार, कम्युनिटी भिजिट ९० हजार तथा अन्य विभिन्न शीर्षकमा गरी ४ लाख ९० हजार बराबरको अतिरिक्त रकम असुल गरेकोले नेपाल विद्यार्थी सङ्घ अतिरिक्त उक्त रकम फिर्ता गर्न माग गर्दछ,’ प्रवक्ता सुरज सेजुवालले भनेका छन् । 

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा २ (थ) बमोजिम शिक्षण संस्थाले अध्ययन अवधिभरमा लिने भर्ना, शिक्षण, ल्याब, पुस्तकालय, सामुदायिक तालिम वा परीक्षा शुल्कलाई बुझाउने भएकाले शिक्षण शुल्कभित्र विश्वविद्यालय रजिष्ट्रेशन शुल्क, आन्तरिक तथा विश्वविद्यालय परीक्षा शुल्क, फरेन्सिक पोस्टिङ, फिल्ड भिजिट, इन्टर्नसिप शुल्क, आवेदन शुल्क र सम्बन्धन शुल्क जस्ता विद्यार्थीहरूको पढाई पूरा गर्न आवश्यक पर्ने शैक्षिक क्रियाकलापजन्य शुल्कसमेत समावेश भएकाले थप शुल्क नलाग्ने स्पष्ट व्यवस्था रहेको नेविसङ्घको दाबी छ ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहिबार  ३ : २० बजे

‘तिरिमिरी झ्याइँ’ को फर्स्टलुक सार्वजनिक, माघ २८ मा प्रदर्शन हुने

काठमाडौं– फलामे बारभित्र थुनिएका कलाकार, अनुहारमा अनेक हाउभाउ र प्रस्तुतिमा

रोटरीको मेगा रक्तदान अभियानमार्फत ५१९ पिन्ट रगत सङ्कलन

काठमाडौँ– रोटरी इन्टरनेसनल, डिस्ट्रिक्ट ३२९२ ले सञ्चालन गरेको देशव्यापी मेगा रक्तदान

मनाइयो महाकवि देवकोटाको ११८औँ जन्मजयन्ती

काठमाडौं– नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती विभिन्न कार्यक्रमको

घोप्टेभिरको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा

चितवन– पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो पन्छाएर

ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

नवलपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीमा गुडिरहेको मोटरसाइकललाई ट्र्याक्टरले ठक्कर दिँदा