ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु « Khabarhub

ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु


२२ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीमा गुडिरहेको मोटरसाइकललाई ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु भएको छ । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.प्र. ०२–०७३ प २०७७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको लु ३ त ३६३३ नंको ट्र्याक्टरले आज बिहान ठक्कर दिएको थियो । 

ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक डडेलधुराको अजयमेरु गाउँपालिका–१ का २४ वर्षीय लोकेश भण्डारीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते भएका उनलाई प्रहरीले तत्काल उद्धार गरी डण्डामा रहेको मध्यविन्दु प्रादेशिक अस्पताल लगेकामा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए । 

दुर्घटनामा संलग्न ट्र्याक्टर र त्यसका चालक नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–१३ का ३२ वर्षीय लोकबहादुर महतोलाई नियन्त्रणमा लिई घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको पण्डितले बताए । 

दुर्घटनामा मृत्यु भएका भण्डारी काठमाडौँस्थित प्रहरी वृत्त सामाखुसीमा कार्यरत प्रहरी जवान रहेको पण्डितले जानकारी दिए । 

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  ३ : १७ बजे

रोटरीको मेगा रक्तदान अभियानमार्फत ५१९ पिन्ट रगत सङ्कलन

काठमाडौँ– रोटरी इन्टरनेसनल, डिस्ट्रिक्ट ३२९२ ले सञ्चालन गरेको देशव्यापी मेगा रक्तदान

मनाइयो महाकवि देवकोटाको ११८औँ जन्मजयन्ती

काठमाडौं– नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती विभिन्न कार्यक्रमको

घोप्टेभिरको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा

चितवन– पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो पन्छाएर

ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

नवलपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीमा गुडिरहेको मोटरसाइकललाई ट्र्याक्टरले ठक्कर दिँदा

कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छ :  सबिना काफ्ले

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहकी पत्ती सबिना काफ्लेले नेपाली मौलिक संस्कृति, परम्परा