रोटरीको मेगा रक्तदान अभियानमार्फत ५१९ पिन्ट रगत सङ्कलन « Khabarhub

रोटरीको मेगा रक्तदान अभियानमार्फत ५१९ पिन्ट रगत सङ्कलन


२२ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रोटरी इन्टरनेसनल, डिस्ट्रिक्ट ३२९२ ले सञ्चालन गरेको देशव्यापी मेगा रक्तदान अभियानमा ५१९ ‘पिन्ट’ रगत सङ्कलन भएको छ । 

यही कात्तिक २० र २१ गते आयोजित अभियानमा एक हजारभन्दा बढी व्यक्तिको सहभागिता रहेको डिस्ट्रिक्ट गभर्नर रोटेरियन विष्णुबहादुर कार्कीले जानकारी दिए । 

अभियानअन्तर्गत रोटरी क्लब अफ मध्यपुरले चापाचो–थिमीमा, रोटरी क्लब अफ दाङले कौशी क्याफेमा तथा रोटरी क्लब अफ काठमाडौँ र रोटरी क्लब अफ काठमाडौँ मेट्रोले संयुक्त रूपमा रोटरी भवन–थापाथलीमा रक्तदान कार्यक्रम आयोजना गरेका थिए । 

त्यसैगरी, रोटरी क्लब अफ मातृभूमि बालुवाटार, रोटरी क्लब अफ काठमाडौँ हाइट, रोटरी क्लब अफ काठमाडौँ सर्कल र रोटरी क्लब अफ पशुपतिको संयुक्त आयोजनामा प्राइम सीए कलेज, नयाँ बानेश्वरमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको थियो ।

 उपत्यकाबाहिर रोटरी क्लब अफ रुपन्देहीले बुटवलमा, रोटरी क्लब अफ कीर्तिपुरले कीर्तिपुर नगाउँ दोबाटोमा, रोटरी क्लब अफ गोँगबु र रोटर्याक्ट क्लब अफ गोँगबु नर्थले बालाजु चोकमा तथा रोटरी क्लब अफ धरान फुटहिल्सले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा रक्तदान कार्यक्रम आयोजना गरेका थिए ।

अभियानमा रोटर्याक्ट, इन्टर्याक्ट, इनरह्वील, नेपाल रेडक्रस सोसाइटी, स्वास्थ्यकर्मी, स्थानीय समुदाय तथा विभिन्न सहयोगी संस्थाहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो । विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिताले अभियानलाई सामूहिक मानवीय सेवाको अभियानका रूपमा स्थापित गरेको आयोजकले जनाएको छ ।

डिस्ट्रिक्ट सर्भिस प्रोजेक्ट कमिटीका अध्यक्ष राजेन्द्र गौतमले सङ्कलित प्रत्येक पिन्ट रगतले आवश्यकतामा रहेका व्यक्तिको जीवनरक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे । उनले रक्तदानलाई सामान्य सामाजिक सहभागिताभन्दा माथि उठेर अरूको जीवन बचाउने मानवीय सेवाका रूपमा बुझ्नुपर्ने उल्लेख गरे ।

‘एक थोपा रगत, एक जीवनको आशा–हरेक रक्तदानले जीवन बचाउँछ’ भन्ने सन्देशसहित सञ्चालन गरिएको अभियानले रोटरीको मूलमन्त्र ‘सर्भिस अभोब सेल्फ’ अर्थात् ‘आफूभन्दा माथि सेवा’ को भावनालाई व्यवहारमा उतारेको डिस्ट्रिक्ट सर्भिस प्रोजेक्ट कमिटीका कोचेयर अरुण शर्माले बताए ।

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  ३ : २५ बजे

रोटरीको मेगा रक्तदान अभियानमार्फत ५१९ पिन्ट रगत सङ्कलन

काठमाडौँ– रोटरी इन्टरनेसनल, डिस्ट्रिक्ट ३२९२ ले सञ्चालन गरेको देशव्यापी मेगा रक्तदान

मनाइयो महाकवि देवकोटाको ११८औँ जन्मजयन्ती

काठमाडौं– नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती विभिन्न कार्यक्रमको

घोप्टेभिरको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा

चितवन– पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो पन्छाएर

ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

नवलपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीमा गुडिरहेको मोटरसाइकललाई ट्र्याक्टरले ठक्कर दिँदा

कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छ :  सबिना काफ्ले

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहकी पत्ती सबिना काफ्लेले नेपाली मौलिक संस्कृति, परम्परा