एमालेलाई जग्गा दानविरुद्धको रिट ‘हेर्न नमिल्ने’ « Khabarhub

एमालेलाई जग्गा दानविरुद्धको रिट ‘हेर्न नमिल्ने’


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको पार्टी कार्यालय बनाउन भाटभटेनी सुपर स्टोरका मालिक मीनबहादुर गुरुङले दिएको जग्गा दानविरुद्ध सर्वोच्चमा परेको रिट हेर्न नमिल्नेमा परेको छ ।

न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा परेको उक्त रिट हेर्न नमिल्नेमा राखिएको हो ।

न्यायाधीश सुवेदीले मीनबहादुर गुरुङ जोडिएको ललिता निवासको मुद्दा आफूले हेरिसकेको भन्दै हेर्न नमानेको बताइएको छ ।

एमालेले गुरुङबाट जग्गा दान लिएको विषय कानुनविपरीत भएको भन्दै अधिवक्ता ज्ञानबहादुर बस्नेतले जग्गा दान र भवन निर्माण रोक्न मागसहित सर्वोच्चमा रिट हालेका थिए ।

यसअघि उक्त रिट सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो । तर मंगलबार न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले प्रशासनको दरपीठ गर्ने निर्णय बदर गर्दै रिट दर्ता गर्न आदेश दिएपछि दर्ता भएको थियो।

भाटभटेनीका सञ्चालक गुरूङ र उनकी श्रीमती सावित्री गुरूङले काठमाडौंको कीर्तिपुर नगरपालिका- २ मैत्रीनगरमा एमालेका लागि पार्टी कार्यालय बनाउन जग्गा दान गरेका थिए ।

पार्टी कार्यालय भवन बनाउन दान गरेको १० रोपनी १४ आना जग्गा असोज २५ गते एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरिसकेका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  ३ : ४४ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह