चक्रवात दानाको त्रासले दश लाखभन्दा बढी भारतीय सुरक्षित स्थानमा जाँदै « Khabarhub

चक्रवात दानाको त्रासले दश लाखभन्दा बढी भारतीय सुरक्षित स्थानमा जाँदै


८ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारतको पूर्वी तटमा दश लाख भन्दाबढी मानिसहरू सुरक्षित आश्रयस्थलतर्फ भागिरहेको बताइएको छ  ।  

चक्रवात दानाले पश्चिम बङ्गाल र ओडिसा राज्यमा–लगभग १५ करोड मानिसहरूको आश्रय स्थललाई प्रभावित गर्ने सम्भावना रहेको भारतीय मौसम ब्यूरोले बताएको छ । 

मौसम ब्यूरोले  हावाको गति १२० किलोमिटर प्रति घन्टाको गतिमा पुग्ने अनुमान गरेको छ । चक्रवातको समयमा प्रमुख एयरपोर्टहरू बन्द हुने जनाइएको छ  । 

शुक्रबार बिहान धामरा बन्दरगाह नजिकै अवतरण गर्ने पूर्वानुमान गरिएको चक्रवातले छिमेकी बङ्गालादेशलाईसमेत असर गर्ने अनुमान गरिएको छ । चक्रवातका कारण आएका छालहरूले तटीय क्षेत्रहरू डुबानमा पार्ने र पानी सामान्य ज्वारको स्तरभन्दा दुई मिटर माथि बढ्ने पूर्वानुमान गरिएको छ ।

ओडिसा राज्यका स्वास्थ्य मन्त्री मुकेश महालिङले तटीय क्षेत्रहरूबाट करिब दस लाख मानिसहरूलाई चक्रवातबाट सुरक्षित स्थानहरूमा सारिएको बताएका छन् ।  

छिमेकी पश्चिम बङ्गाल राज्यका सरकारी मन्त्री बङ्किम चन्द्र हजाराले अहिलेसम्म एक लाख  भन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको बताए ।  उनले जीवन बचाउन समुद्र तटका रिसोर्ट तथा व्यवसायहरू बन्द गर्न आदेश दिइएको तथा पर्यटकहरूलाई उक्त स्थान छोड्न आग्रह गरिएको जनाएका छन्।

कोलकाता विमानस्थलका निर्देशक प्रवत रञ्जन बेउरियाले पूर्वानुमान गरिएको भारी हावा  र वर्षा का कारण बिहीबार राति उडानहरू स्थगित गरिने बताए ।  

बङ्गलादेशका विपद् मन्त्री फारुक–ए–आजमले उद्धार अधिकारीहरू उच्च सतर्कता का साथ बसेको बताउँदै भारतमा पनि खराब आँधी आउने पूर्वानुमान गरिएकाले निकासी आदेश जारी नगरिएको बताएका छन् ।

वैज्ञानिकहरूका अनुसार जीवाश्म ईन्धनहरू जलाइए उत्पन्न जलवायु परिवर्तनका कारण विश्व तातो हुँदै जाँदा चक्रवात तथा आँधीबेहरी अझै शक्तिशाली हुँदै गइरहेका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार  ४ : १५ बजे

एमाले दलको नेताबारे योगेशको टिप्पणी : सांसदहरूलाई दबाबमा राखेर जे गरियो, राम्रो भएन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसदीय दलको नेतामा उपाध्यक्ष

वितरकको पैसा नदिई सम्पर्कविहीन भए निर्माता कडरिया

काठमाडौं – यो वर्षको सुवातमा प्रदर्शनमा आएको फिल्म ‘महाभोज’को आर्थिक

महेश बस्नेतलाई ठूलो राहत, उच्च अदालतले खारेज गरिदियो शोभा पाठकको रिट

काठमाडौं– नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध धादिङकी शोभा पाठकले दर्ता

दासढुंगामा रोकिराखेको ट्यांकरमा बस ठोक्किँदा १३ जना घाइते

काठमाडौं– नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको भरतपुर २९ दासढुंगामा

उपराष्ट्रपतिसँग साउदी अरेबियाका राजदूतको भेट, श्रम सम्झौताले सहयोग बढाउने विश्वास

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद