सीजी मोटर्सले बागडोलमा खोल्यो डेडिकेटेड ईभी सर्भिस सेन्टर | Khabarhub Khabarhub

सीजी मोटर्सले बागडोलमा खोल्यो डेडिकेटेड ईभी सर्भिस सेन्टर


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सीजी मोटर्सले ललितपुरको बागडोलमा नयाँ डेडिकेटेड ईभी सर्भिस सेन्टर (सेवा केन्द्र) सञ्चालनमा ल्याएको छ ।

पछिल्लो समय विद्युतीय सवारीसाधनसमेत आयात र बिक्री गरिरहेको कम्पनीले बागडोलको सर्भिस सेन्टर आइतबार उद्‌घाटन गरेको हो ।

उक्त सेवा केन्द्रको उद्घाटन सिजी ग्रुपका अध्यक्ष तथा नेपालका संघीय संसदका सदस्य विनोद चौधरीले गरे ।

सीजी मोटर्सले काठमाडौं उपत्यकामा स्थापना गरेको यो दोस्रो सर्भिस सेन्टर हो । सीजी मोटर्सले २२ स्थानहरूमा बिक्री र डिलर नेटवर्क विस्तार गरिसकेको छ ।

कम्पनीले विद्युतीय सवारीसाधन चार्ज गर्न आगामी दिनमा एक सयभन्दा बढी स्थानमा चार्जिङ पोइन्ट विस्तार गर्ने जनाएको छ । हाल सीजी मोटर्सले नेपालभर २०० भन्दा बढी सीसीएस टूजी चार्जिङ पोइन्ट जडान गरेको पनि उल्लेख गरेको छ ।

हाल सिजी मोटर्सको सर्भिस सेन्टरले सीजी मोटर्स अन्तर्गत आयन, एक्सपेङ, स्मार्ट, नेटा, रिद्दारा र दयुन लगायतका विभिन्न ब्राण्डका सवारीसाधन बिक्री गरिरहेको छ ।

 

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  १२ : ५५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’