आज २०८१ साल मंसिर ९ गते आइतबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल मंसिर ९ गते आइतबारको राशिफल


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल मंसिर ९ गते आइतबार तदनुसार सन् २०२४ नोभेम्बर २४ तारिख। नवमी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। हिँड्दा अवरोध हुनसक्ने जोखिम छ। सोचेका काममा अवरोध हुनेछ। बिहान उठेर गणेशको पूजा गरेर दिनको सुरुवात गरेमा सोचेको काम बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शुभकार्यका लागि मन अगाडि बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : मनमा प्रतिशोधका भाव आउने जोखिम छ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा ठुलो विश्वास गर्नाले खटपटी बढ्ने जोखिम छ। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

मिथुन : दिन राम्रो छ। साथीभाइले सहयोग गर्नेछन्। राज्यले सहयोग गर्दा महत्त्वपूर्ण काम बन्ने योग छ। परिवारले भने शंकाको घेरामा राख्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ। प्रेम सम्बन्धमा खटपटी हुनसक्छ।

कर्कट : व्यापारमा नाफा हुनेछ। राजनीतिक क्षेत्रमा साथ र सहयोग प्राप्त हुनेछ। जटिल स्वास्थ्य समस्या भए विस्तारै सुधार हुने देखिन्छ। परिवारको कर्तव्यमा सीमित हुँदा फाइदा हुनेछ।

सिंह : दिन सहज छ। बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। तर बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ। तपाईंले गरेका प्रयास सफल हुने दिन छ। परिवारलाई ठुलो विश्वास गरेमा धोका हुने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

कन्या : तपाईंले सोचेका काम सहज बन्नेछन्। रोगबाट मुक्त हुने दिन छ। परिवारले राम्रो साथ दिनेछ। फलफूल र कृषि क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ। विदेशमा भन्दा स्वदेशमा विकल्प देखेर रमाउने देखिन्छ।

तुला : आम्दानीका दृष्टिले दिन राम्रो छ। राम्रो कमाइ भए पनि इज्जतमा प्रश्न उठ्ने खतरा देखिन्छ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृश्चिक : बोल्दा सचेत बन्नुपर्नेछ। बोल्नु अगाडि तीन पटक सोच्नुपर्नेछ। व्यापारमा फाइदा हुनेछ। औषधी नियमित नहुँदा रोगको जोखिम बढ्नेछ। बौद्धिक व्यक्तिसँगको भेटले फाइदा हुनेछ। परिवारमा श्रमको मूल्यको सम्मान नहुँदा मन दुःखी हुनेछ।

धनु : दिन सहज छ। बोलीको प्रभावले महत्त्तवपूर्ण काम बन्नेछ। कला र गलाको प्रदर्शन गर्नुपर्ने समय आएको छ। राज्यको तर्फबाट सहयोग मिल्नेछ। सामाजिक सेवाको क्षेत्रमा नाम र दामको चर्चा हुनेछ।

मकर : सञ्चित धनको खर्च भए पनि शुभ ग्रहको बहुमत रहेको छ। साथीभाइले साथ दिनेछन्। तपाईंको पक्षमा बहुमत प्राप्त हुनेछ। तर्क गरेर आगाडि बढ्नुभन्दा थोरै बोल्दा विजय प्राप्त हुने दिन छ।

कुम्भ : सप्तम भावमा चन्द्रमा पुगेका छन्। मनमा शान्ति मिल्नेछ। बिहान सुरुमै शिवको भजन र पिपलको दर्शन गर्नाले दिन सहज बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रेम सम्बन्धमा तपाईंको प्रस्ताव स्वीकृत हुनेछ।

मीन : आफन्तले भन्दा बाहिरका मान्छेले तपाईंको प्रशंसा गर्नेछन्। साना कुराले मनमा झन्झट बढ्नसक्छ। तर्क गर्नु भन्दा काम गरेर देखाउने दिन रहेको छ। परिवारमा खुशी प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ५ : १० बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा