बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण | Khabarhub Khabarhub

बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–४ मा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण गरिएको छ । स्थानीय गणेशबहादुर गुरुङको सक्रियतामा उक्त गुम्बा निर्माण गरिएको हो । गुम्बा बनाउन उनले १० लाख पाँच सय ६५ रुपैयाँ सहयोग गरेका थिए ।

दुई दशकअघि सेवानिवृत्त सैनिक हवल्दार गुरुङले सामाजिक सेवा गर्न पाउँदा आफूलाई सन्तुष्टि मिल्ने बताए ।

सोही वडाको रानीवन क्षेत्रमा शाक्यमुनि बौद्धको गुम्बा छ । भियतनामका इन्जिनियरको सहयोगमा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण थालिएको गुरुङले बताए ।

गुम्बाको माध्यमबाट बन्दीपुरको पर्यटन प्रवर्द्धमा टेवा पुग्ने बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए ।

समाजसेवी गुरुङप्रति उनले कृतज्ञता ज्ञापन गर्दै समाजमा गुरुङजस्ता धेरैको खाँचो रहेको बताए ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ७ : २६ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका