फ्रान्सको ‘स्ट्याचु अफ लिबर्टी’ कसरी पुग्यो अमेरिका ? | Khabarhub Khabarhub

फ्रान्सको ‘स्ट्याचु अफ लिबर्टी’ कसरी पुग्यो अमेरिका ?



सन् १८५१ डिसेम्बर २ को रात १७ वर्षीय फ्रेडरिक अगस्ट वारथोल्ड पेरिसको गल्लीमा घुमिरहेका थिए। नेपोलियनको नेतृत्वमा फ्रान्सेली नागरिकले राजा लुइको हातबाट फ्रान्सको शासन खोसेको केही समय बितेको थियो। तर फ्रान्सका नागरिक तथा राजा लुइका केही समर्थकबीच लडाइँ जारी थियो। पेरिसको सडकमा अझै हिउँ परिरहेको थियो। त्यहाँका केही जनताले एक गल्लीमा आफ्नो सुरक्षाका लागि एउटा पर्खाल बनाएर राखेका थिए।

एक हातमा ‘मशाल दीप’ लिएकी एक अञ्जान युवतीले त्यस पर्खालमा चढी राजभक्त सैनिकलाई हौसला दिँदै भनिन्-‘अघि बढ।’यसो भनेको केही क्षणमै विपक्षी सैनिकको गोलीले त्यस युवतीको प्राण पखेरु उड्यो। यी सब दृश्य हेरिरहेका वारथोल्डको नजरमा ती युवती स्वतन्त्रताकी प्रतीक बन्न पुगिन्। यस प्रतीकलाई सजीवता दिन वारथोल्डले उनको सम्झनामा ‘स्ट्याच्यु अफ लिबर्टी’को रुपमा मूर्ति निर्माण गर्ने परिकल्पना गरे। त्यो मूर्ति स्वतन्त्रताकी प्रतिमूर्तिको नामले चिनिदै आएको तर यसको वास्तविक नाम ‘लिबर्टी लाइटनिङ द वर्ल्ड’ हो। उक्त मूर्तिको निर्माण फ्रान्समा भएको थियो। कला तथा साहित्यको केन्द्र पेरिसमा बनेको यो विशाल कलाकृतिलाई अमेरिकाको स्वतन्त्रताको शताब्दी पुगेको उपलक्ष्यमा सन् १८८६ मा फ्रान्सले उपहार स्वरुप दिएको थियो।

कला तथा साहित्यको केन्द्र पेरिसमा बनेको यो विशाल कलाकृतिलाई अमेरिकाको स्वतन्त्रताको शताब्दी पुगेको उपलक्ष्यमा सन् १८८६ मा फ्रान्सले उपहार स्वरुप दिएको थियो।

स्ट्याचु अफ लिबर्टीका निर्माता फ्रेडरिक अगस्ट वारथोल्ड हुन्। फ्रान्सको कोल्मक शहरमा २ अप्रिल १८३४ मा जन्मेका वारथोल्ड तीन वर्ष हुँदा उनको पिताको मृत्यु भएको थियो। त्यसपछि उनी आमासँग पेरिस गए। त्यहाँ उनलाई आफूभित्र लुकेको कला सार्वजनिक गर्ने मौका मिल्यो। सुरुमा उनले चित्रकलाको अभ्यास गरे पनि अन्तमा शिल्पकलामा प्रवीणता प्राप्त गरे। एटेक्स, शेफरजस्ता महान कलाकारसँगको सम्पर्कमा आएर उनले आफ्नो प्रतिभा उजिल्याउने ठूलो मौका पाए।

फ्रान्समा तेस्रो जनतन्त्र स्थापनाको समयमा उनी २१ वर्षका थिए। त्यस समय उनी एडवर्ड डि.लाबुयाल नामक एक सम्मानित फ्रान्सेली नागरिकको सम्पर्कमा पुगे। कानूनका शिक्षक, पत्रकार तथा राजनीतिज्ञ लाबुयाल अमेरिकालाई उसको स्वतन्त्रताको शताब्दी पूरा भएको उपलक्ष्यमा फ्रान्सको तर्फबाट एक यस्तो उपहार दिन चाहन्थे, जसको कण कणमा स्वतन्त्रताको आभास कालान्तरसम्म मिल्न सकोस्। वारथोल्डसँगको छलफलमा उनले मूर्ति निर्माणको निर्णय गरेर त्यसका लागि आवश्यक कामको चाँजोपाँजो मिलाउन थाले।

मूर्ति स्थापना गर्ने ठाउँ र विभिन्न अध्ययन गरी अमेरिकाबाट फर्किएपछि वारफोल्ड सम्मिलित लाबुयालको अध्यक्षतामा फ्रान्स-अमेरिकी संघको स्थापना गरियो। वारथोल्डले मूर्तिको ३ फुट अग्लो मोडेल तयार पारे। यसैको आधारमा १५२ फुट अग्लो मूर्ति बनाउने कार्य शुरु गरियो। गुस्ताब एफिल नामका एक सिभिल इन्जिनीयरले फलामको डण्डीबाट एउटा नमूना तयार गरे। यिनै इन्जिनीयर फ्रान्सको विख्यात एफिल टावर बनाएका थिए। जुन उनकै नामबाट संसारमा प्रसिद्ध छ।

उनैले प्लास्टरको एक ठूलो मोडल बनाएर त्यसलाई विभिन्न टुक्रामा विभाजित गरे। विभाजित टुक्रालाई तामाका पातलो तारले बलियो बनाउने कार्य गरियो। मूर्तिलाई जीवन्त आकार दिन फ्रान्समा केही रकम जम्मा गरियो। अमेरिकी जनताको तर्फबाट पनि यसप्रति अभिरुचि जगाउन केही रकम संकलनको सिलसिलामा मूर्तिको मसालवाला हातसँगै लिएर वारथोल्ड अमेरिका पुगे। त्यस अंशलाई पहिलोपल्ट अमेरिकाको फिलाडेल्फियामा प्रदर्शन गरियो। त्यो देखेर मानिस चकित भए। त्यसपछि न्यूर्योक लगायत विभिन्न ठाउँको प्रदर्शनीले उनलाई अमेरिकामा रातारात लोकप्रिय बनाइदियो। जुन लोकप्रियतालाई देखेर १० फेब्रुअरी १८७३ मा अमेरिकी कांग्रेसले औपचारिक रुपमा राष्ट्रपतिलाई फ्रान्सको उपहारका रुपमा मूर्ति स्वीकार्न सल्लाह दियो। १५ दिनपछि बोडलोज टापूमा मूर्ति स्थापना गर्ने निश्चित भएको घोषणा अमेरिकामा गरियो। यस घोषणाले वारथोल्ड लगायत मूर्ति निर्माण कार्यमा लागेका सबैलाई खुशी तुल्यायो। किनकी औपचारिक रुपमा मूर्ति स्वीकार्ने निर्णय नभए पनि उनीहरु अमेरिकाका लागि नै भनेर त्यो मूर्ति निर्माणमा जुटेका थिए।

प्रख्यात अमेरिकी पत्रकार पुलिटजरले आफ्नो पत्रिका वर्ल्डको तर्फबाट एक हजार डलर चन्दा दिए। त्यसपछि मूर्ति निर्माणमा चन्दा दिनेको भीड लाग्न थाल्यो।

के तपाईं सलाई किन्न सक्नुहुन्छ ?
मूर्तिको आधार स्तम्भ बनाउन दुई सय ५० हजार डलर चाहिएको थियो। अमेरिकी संघले केवल सय हजार डलर जम्मा गर्ने निर्णय लिएको थियो। यसरी हेर्दा मूर्ति निर्माणमा अझै रकमको अभाव देखियो। यसैलाई देखेर एक पत्रिकाले एउटा कार्टुन छाप्यो। जसमा आफ्ना हातमा निभेको मशाल लिएर अमेरिका समक्ष उभिएको बनाइएको थियो र तल लेखिएको थियो- ‘के तपाईं सलाई किन्न सक्नुहुन्छ ?’ तर पछि स्थितिले कोल्टे फे-यो। प्रख्यात अमेरिकी पत्रकार पुलिटजरले आफ्नो पत्रिका वर्ल्डको तर्फबाट एक हजार डलर चन्दा दिए। त्यसपछि मूर्ति निर्माणमा चन्दा दिनेको भीड लाग्न थाल्यो।

मूर्तिको आधार स्तम्भको निर्माण १८८३ मा प्रारम्भ भयो र यसलाई पूरा गर्न दुई वर्ष लाग्यो। मूर्ति पूरा बनिसकेपछि वारथोल्डले त्यसलाई अमेरिका लैजाने व्यवस्था मिलाए। फलाम, तामाको दुई सय टन तौलको त्यो विशाल मूर्तिलाई खण्ड खण्डमा विभाजन गरेर पेरिसको ‘रावे’ बन्दरगाहसम्म पु-याइयो। त्यहाँ मूर्तिलाई इजेर नामको जहाजमा राखियो। ७२ मिटर लामो त्यो जहाज अमेरिका र फ्रान्सको झण्डा फहराउँदै १७ जून, १८८५ मा अमेरिकाको न्यूर्योक बन्दरगाहमा पुग्यो। त्यसपछि तोपको सलामी दिएर भव्य स्वागत गरियो।

मूर्तिलाई बोडलेग द्विपमा सफलतापूर्वक उभ्याएपछि २८ अक्टोबर १८८६ मा अमेरिकी राष्ट्रपति ग्रोभर कलभल्याण्डले मूर्तिको उद्घाटन गरेका थिए। राष्ट्रपतिलाई जगहलेसेप (स्वेज नहरका निर्माता)ले फ्रान्स–अमेरिकी संघको तर्फबाट धन्यवाद दिए। समारोहभर नदेखिएका वारथाल्डले भाषण समाप्त हुनासाथ मूर्तिको शिरभित्रबाट डोरी तानेर मूर्तिको मुखाकृति सबैको अगाडि पहिलोपल्ट सार्वजनिक गरे।

मूर्तिको हरेक खण्डमा १६८ खुड्किलाको भ-याङ राखिएको छ। शिरमा चारैतिर २५ वटा झ्याल छन्। यी झ्यालबाट २० जना मानिसले सजिलै हेर्न सक्छन्। यसखाले अद्भूत प्रतिमा निर्माण गरेर प्रसिद्धिको चरम चुलीमा पुगेका वारथोल्डलाई अमेरिकारले सम्मानित नागरिक बनायो।

मूर्तिबारे नखुलेका केही तथ्य
मूर्तिको उचाई ९३ मिटर, चौडाई १५ मिटर, वजन दुई सय टन छ। यसको टाउकोमा ३० व्यक्ति र १६ जना मशालमा रहन सक्ने यस भीमकाय मूर्तिको बायाँ हातमा एक किताब छ, जुन १७७३, ४ जुलाईमा लेखिएको थियो। दायाँ हातमा राखिएको विशाल मशालमा पहिला आगो बालिन्थ्यो। तर अहिले १३ हजार वाटको प्रकाश निस्कने १९ वटा चिम जडान गरिएको छ। मूर्तिको भित्री भागमा घुमाउरो सिंढी छ। जसमा चढेर मूर्तिको शिरसम्म पुग्न सकिन्छ।

मूर्तिको हरेक खण्डमा १६८ खुड्किलाको भ-याङ राखिएको छ। शिरमा चारैतिर २५ वटा झ्याल छन्। यी झ्यालबाट २० जना मानिसले सजिलै हेर्न सक्छन्। यसखाले अद्भूत प्रतिमा निर्माण गरेर प्रसिद्धिको चरम चुलीमा पुगेका वारथोल्डलाई अमेरिकारले सम्मानित नागरिक बनायो। फ्रान्समा पनि उनलाई देशको उच्चतम सम्मान ‘लिजन अफ अनर’ प्रदान गरियो। यी महान कलाकारको सन् १९०५ मा ७१ वर्षको उमेरमा निधन भयो।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ९ : ०६ बजे

तेञ्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता हुँदै

काठमाडौं – तेञ्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिताको दोस्रो संस्करण

शुक्रबारदेखि पुसे झरीको सम्भावना, जाडो बढ्ने

काठमाडौं – पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः

पार्टीले ६ महिनाको छुट्टी दियो : विन्दा पाण्डे

काठमाडौं – नेकपा एमालेबाट ६ महिना निलम्बनमा परेकी नेतृ डा.

महाधिवेशनको मुखमा नेविसंघमा भाँडभैलो, इतरले थाल्यो समानान्तर अभ्यास

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा ‘भाँडभैलो’ मच्चिएको

मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना

भक्तपुर – मध्यपुरथिमिको पाटी बिहारमा आज बुद्धको अस्थिधातु स्थापना गरिएको