रास्वपाका नेताविरुद्धको रिट न्यायाधीशद्वय फुयाँल र ढकालको इजलासमा | Khabarhub Khabarhub

रास्वपाका नेताविरुद्धको रिट न्यायाधीशद्वय फुयाँल र ढकालको इजलासमा


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूविरूद्ध सर्वोच्चमा दायर रिटको पेसी न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र बालकृष्ण ढकालको संयुक्त इजलासमा तोकिएको छ ।

अधिवक्ता अनुपम भट्टराईले अदालतको अवहेलना गरेको भन्दै रास्वपाका नेताहरु स्वर्णिम वाग्ले, मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त महर्जन, तोसिमा कार्की, सविता गौतमलगायत १९ जना सांसदलाई विपक्षी बनाइ रिट दायर गरेका थिए ।

रिट निवेदनमा अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, भिडलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजिएको आरोप लगाइएको छ ।

रिटमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि कास्कीलगायतका जिल्लामा अदालतलाई प्रभावित पार्ने गरी गतिविधि गरेको आरोप लगाइएको छ ।

 

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  १२ : ४९ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास