कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत « Khabarhub

कांग्रेस कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको कोषाध्यक्षको जिम्मेवारी उमेश श्रेष्ठलाई दिएएको छ। श्रेष्ठलाई सभापति शेरबहादुर देउवाले पार्टीको कोषाध्यक्षको जिम्मेवारी दिएको जानकारी कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएका छन् ।

‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्य उमेश श्रेष्ठलाई केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गर्नु भएको छ’, पौडेलले भनेका छन् ।

श्रेष्ठले लामो समयदेखि कांग्रेसको आर्थिक विभागमा थिए । यसअघि कांग्रेसमा रहेका श्रेष्ठसहितका उद्यमी नेताहरूले गरिखाने अभियान चलाएका थिए ।

उनले ०७९ को निर्वाचनमा उनी चितवन क्षेत्र नम्बर २ बाट चुनाव लडेका थिए । तर, उनी रास्वपाका सभापति रवि लामिछानेसँग पराजित भएका थिए ।

भोजपुरका पुर्ख्यौली थलो भएका उनी पछिल्लो समय चितवनमा पनि सक्रिय छन् । श्रेष्ठ लिटिल एन्जेल्स स्कुलका सञ्चालक पनि हुन् ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  २ : १३ बजे

आठ हजार पाँचसय पर्यटकले गरे मनासलु क्षेत्र भ्रमण

काठमाडौँ- चालु आर्थिक वर्षको साउन यता आठ हजार पाँच सय

नेकपा र जसपाको एकता वार्ता निर्णायक दिशामा

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी

तनहुँमा बोलेरो जिप दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँस्थित भित्री सडकखण्डमा जिप दुर्घटना

मुस्ताङमा पहिलो चार महिनामा भित्रिए दुई लाख बढी पर्यटक

मुस्ताङ – धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा चार महिनाको अवधिमा

वर्तमान प्रहरी नेतृत्व अब एक्सनमा जान्छ: प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारले प्रहरीको नयाँ नेतृत्व अब