रविलाई अझै १५ दिन हिरासतमा राख्न अनुमति | Khabarhub Khabarhub

रविलाई अझै १५ दिन हिरासतमा राख्न अनुमति


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

पोखरा- सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धामा रहेका पूर्व गृहमन्त्री रवि लामिछानेसहित चारैजनालाई जिल्ला अदालत कास्कीले थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

रविसँगै उनका साझेदार एवम् पूर्वडीआईजी छविलाल जोशी, लीला पछाई र व्यवसायी रामबहादुर खनाललाई पनि थप १५ दिन हिरासतमा राखेर अनुसन्धानको अनुमति मिलेको श्रेस्तेदार राजन खनालले खबरहबलाई बताए ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका चारै जनालाई म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएकाे थियो । उनीहरूलाई आइतबार बिहान १० बजे अदालत लगिएको थियो ।

गत कात्तिक २ गते शुक्रबार काठमाडौंको चमतीस्थित पार्टी कार्यालयबाटै पक्राउ परेका लामिछाने कात्तिक ३ यता कास्की प्रहरीको हिरासतमा छन् ।

कास्की जिल्ला अदालतले उनलाई कात्तिक ४ मा ६ दिन, कात्तिक ८ मा ७ दिन, कात्तिक २० मा १० दिन र कात्तिक २५ मा १३ दिन म्याद थप गरेर अनुसन्धानको अनुमति प्रहरीलाई दिइसकेको छ ।

रविलाई कास्की हिरासतमै हुँदा कात्तिक २६ गते रुपन्देही लगेर त्यहाँस्थित सुप्रिम सहकारीको बचत हिनामिना प्रकरण बयान लिइएको थियो।

बुटवलको सुप्रिम सहकारी संस्थाको बचत हिनामिनामा प्रकरणमा उनलाई तीन दिनसम्म भैरहवामा ७० वटा प्रश्नसहित बयान गरिएको थियो।

कास्कीमा म्याद थप भएपछि अब रविलाई काठमाडौं लगिनेछ । लामिछानेलाई बयानका लागि काठमाडौं पठाउने तयारी कास्की प्रहरीले गरेको छ। काठमाडौंमा कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिनामा लामिछाने जोडिएका छन् ।

उता काठमाडौंमा रविका साझेदार छविलाल जोशीको बयान भइसकेको छ । असोज ६ गते पक्राउ परेका जोशी लगातार कास्की प्रहरीको हिरासतमा छन् । उनलाई पछिल्लो पटक कात्तिक २५ गते छैटौँ पटक १३ दिन लामो म्याद थपिएको थियो ।

उता सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको अभियगोमा लीला पछाई र  तनहुँका रामबहादुर खनाललाई पनि अदालतले कात्तिक २५ मै १३ दिन म्याद दिएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ३ : ०९ बजे

जिप दुर्घटनामा एक जनाको मृत्यु

दार्चुला– मार्मा गाउँपालिका–३ दानीखेतमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

लसुन रोपेर आम्दानी गर्दै पिपलाडीका किसान

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका किसान जनकलाल डगौरा धान काटेपछि

पर्यटक लोभ्याउँदै पुरन्धरा झरना

दाङ– पश्चिम दाङको बबई गाउँपालिका–५ मा अवस्थित पुरन्धरा झरना जिल्लाकै

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती– पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ निर्मलबस्तिमा ट्रकको ठक्करबाट आज

मार्फा–छैरो–चिमाङ सडक स्तरोन्नति गरिने

मुस्ताङ– घरपझोङ गाउँपालिकाअन्तर्गतको मार्फा–छैरो–चिमाङ सडक स्तरोन्नति गरिने भएको छ ।