प्रतिनिधिसभाका सचिव अधिकारीको राजीनामा स्वीकृत « Khabarhub

प्रतिनिधिसभाका सचिव अधिकारीको राजीनामा स्वीकृत


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उनको राजीनामा आइतबार स्वीकृत गरेका हुन् ।

सभमुख देवराज घिमिरे कम्बोडियामा रहेको समयमा प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका थिए ।

सभामुख  घिमिरे कम्बोडिया भ्रमणमा रहेको बेला अचानक सचिव अधिकारीले किन राजीनामा दिए भन्ने खुलेको छैन । तर उनले स्वास्थ्यलाई कारण देखाएका छन् ।

उनलाई गत जेठ १८ गते प्रतिनिधि सभाको सचिवमा नियुक्त गरिएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १०६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाको सचिवमा अधिकारीलाई नियुक्त गरेका थिए ।

पद्मप्रसाद पाण्डेय संघीय संसद्‍को महासचिव भएपछि रिक्त सचिव पदमा उनी नियुक्त भएका थिए । उनलाई तत्कालीन भागबन्डाका क्रममा कांग्रसको कोटाबाट सचिव बनाइएको थियो । वर्तमान महासचिव पाण्डेयलाई भने एमालेको जोडबलमा अघि बढाइएको थियो ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ४ : ५७ बजे

सुदूरपश्चिमविरुद्ध १५६ रनको लक्ष्य पछ्याएको विराटनगरको इनिङ सङ्कटमा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको पहिलो क्वालिफायरमा अहिले

धराशायी विराटनगरको इनिङलाई जोगाउने फाफ डु प्लेसीको प्रयास जारी

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको पहिलो क्वालिफायरमा अहिले

एमाले ओलीको ‘प्राइभेट कम्पनी’ होइन, यस पटक नेतृत्व फेर्छौँ : कर्ण थापा

काठमाडौं- नेकपा एमालेमा अहिले अध्यक्ष केपी शर्मा ओलीका कडा आलोचकका

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : प्रदीप अधिकारीसँग पाँच लाख र मुरारी भण्डारीसँग एक लाख धरौटी माग

काठमाडौं- पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा गैरकानुनी लाभ दिई राज्यलाई