धरहरा खुलेपछि चढ्न झुम्मिए सर्वसाधारण (तस्बिरहरू) « Khabarhub

धरहरा खुलेपछि चढ्न झुम्मिए सर्वसाधारण (तस्बिरहरू)


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको सुन्धरास्थित धरहरा आइतबारबाट स:शुल्क खुला गरिएको छ ।

केही समयअघि नि:शुल्क रुपमा धरहरा चढ्न सक्ने व्यवस्था थियो । तर आइतबारबाट स:शुल्क रुपमा धरहरा चढ्ने व्यवस्था गरिएको हो ।

धरहरा चढ्न प्रतिब्यक्ति २ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिले ५० प्रतिशत छुट पाउने छन् ।

सार्क मुलुकका नागरिकलाई ५ सय, सार्क मुलुकबाहेक अन्य मुलुकका नागरिकलाई एक हजार रुपैयाँ शुल्क तोकिएको छ । धरहरा परिसरमा मात्रै प्रवेश गर्न ५० रुपैयाँ तोकिएको छ । धरहरा खुला भएसँगै टिकट काटेर चढ्नेको घुइँचो लागेको छ ।

धरहरा हेर्न पुगेका सर्वसाधारणले नयाँ चढ्न सहज भएको भन्दै खुसी व्यक्त गरे । त्यस्तै केहीले टिकट व्यवस्थापन सहज गर्न र शुल्क घटाउन सुझाव दिएका थिए ।

भुकम्पपछि निर्माण गरिएको धरहरा गत असोज ३ गते संविधान दिवसको दिनबाट खुला गरिएको थियो ।

सञ्चालनमा ल्याएको दुई महिना नबित्दै लिफ्ट बिग्रिएर बन्द भएको धरहरा पुनः शुल्कसहित सञ्चालनमा ल्याइएको हो ।

 

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ५ : १५ बजे

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त