उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालको बुझायो ध्यानाकर्षणपत्र « Khabarhub

उपप्रधानमन्त्री सिंहलाई एनएफपिजे नेपालको बुझायो ध्यानाकर्षणपत्र


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई नौबुँदे ध्यानाकर्षणपत्र बुझाएको छ ।

संस्थाका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको १३ सदस्यीय टोलीले आज सिंहदरबारमा मन्त्री सिंहलाई भेटेर ध्यानाकर्षणपत्र बुझाएको हो ।

ध्यानाकर्षणपत्रमा फोटो पत्रकारहरूको हकहितका लागि सरकारका तर्फबाट आवश्यक सहयोग र फोटो सङ्ग्रहालयका लागि आवश्यक पहल गरिदिन उपप्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

यस्तै, फोटो पत्रकारिताको माध्यमबाट जीविकोपार्जन गर्ने सम्पूर्ण फोटोपत्रकारहरूको बिमा तथा स्वास्थ्य सुरक्षा, फोटो पत्रकारहरूलाई व्यावसायिक तालिम दिन वार्षिक रूपमा बजेट नियमित र समयअनुसार ‘अपडेट’ रहन फोटो पत्रकारहरूलाई आवश्यक क्यामेरा खरिद गर्न सहुलियत दरमा ऋण उपलब्ध गराउन पहलका लागि आग्रह गरिएको छ ।

नवनिर्वाचित राष्ट्रिय फोटो पत्रकार समूहको कार्यसमितिलाई सम्मान गर्नुहुँदै उपप्रधानमन्त्री सिंहले पत्रकारितामा तस्बिरको महत्व धेरै नै रहेको र फोटो पत्रकारहरूका लागि आफ्नोतर्फबाट सहयोगका लागि सक्दो पहल गर्ने बताए ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ७ : ५२ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन