पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि « Khabarhub

पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद – पाकिस्तानमा आइतबार तीन जनामा पोलियोको सङ्क्रमण पुष्टि भएको छ । यससँगै पाकिस्तानमा यो वर्ष पोलियोका सङ्क्रमितको सङ्ख्या ५५ पुगेको छ ।

नेशनल इन्स्टिच्युट अफ हेल्थको पोलियो उन्मूलनका लागि क्षेत्रीय सन्दर्भ प्रयोगशालाले डेरा इस्माइल खान, झोब र जाफराबादसहित तीन जिल्लामा वाइल्ड पोलियो भाइरस टाइप १ (डब्लूपीभी–१) पत्ता लागेको पुष्टि गरेको छ।

देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान जिल्लामा यस वर्ष पोलियोका छ जना बिरामी भेटिएका छन् । यसअघि, दक्षिणपश्चिमी जिल्ला झोब र जाफराबादमा क्रमशः तीन र दुई जनामा सङ्क्रमण देखिएको थियो ।

पाकिस्तानले पोलियो कार्यक्रम अन्तर्गत जनवरी २०२४ देखि धेरै सामूहिक खोप अभियानहरू सञ्चालन गरेको छ र बालबालिकाहरूलाई उनीहरूको घरदैलोमा सीधै खोप उपलब्ध गराएको छ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ८ : ३३ बजे

बाढीले चार जिल्लाका ५५ खानेपानी आयोजना प्रभावित, नुवाकोटमा सबैभन्दा बढी क्षति

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एसिसी प्रिमियर कप : आज साउदीसँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २१ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २१ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २१ गते आइतबार सन् २०२६