पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि « Khabarhub

पाकिस्तानमा थप तीन नयाँ बिरामीमा पोलियो सङ्क्रमण पुष्टि


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद – पाकिस्तानमा आइतबार तीन जनामा पोलियोको सङ्क्रमण पुष्टि भएको छ । यससँगै पाकिस्तानमा यो वर्ष पोलियोका सङ्क्रमितको सङ्ख्या ५५ पुगेको छ ।

नेशनल इन्स्टिच्युट अफ हेल्थको पोलियो उन्मूलनका लागि क्षेत्रीय सन्दर्भ प्रयोगशालाले डेरा इस्माइल खान, झोब र जाफराबादसहित तीन जिल्लामा वाइल्ड पोलियो भाइरस टाइप १ (डब्लूपीभी–१) पत्ता लागेको पुष्टि गरेको छ।

देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान जिल्लामा यस वर्ष पोलियोका छ जना बिरामी भेटिएका छन् । यसअघि, दक्षिणपश्चिमी जिल्ला झोब र जाफराबादमा क्रमशः तीन र दुई जनामा सङ्क्रमण देखिएको थियो ।

पाकिस्तानले पोलियो कार्यक्रम अन्तर्गत जनवरी २०२४ देखि धेरै सामूहिक खोप अभियानहरू सञ्चालन गरेको छ र बालबालिकाहरूलाई उनीहरूको घरदैलोमा सीधै खोप उपलब्ध गराएको छ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ८ : ३३ बजे

बंगलादेश टी–२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डलाई अवसर

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशलाई टी–२० विश्वकप

हामी देश बनाउने अभियानमा छौँ : ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार

समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक