आत्मनिर्भर लघुवित्तले १५ प्रतिशत बोनस दिने  « Khabarhub

आत्मनिर्भर लघुवित्तले १५ प्रतिशत बोनस दिने 


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर धनीलाई १५ प्रतिशत बोनस दिने भएको छ ।

कम्पनीको गत आइतबार साँझ ५ः३० मा बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस दिने भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत  सोगत वीर चौधरीले जानकारी दिए ।

चौधरीका अनुसार कम्पनीले चुक्ता पुँजीको ९७ लाख ७१ हजार ४८१ रुपैयाँ बराबर हुने १४.२५ प्रतिशत बोनस शेयर र ५ लाख १४ हजार २८८ रुपैयाँ बराबर हुन आउने ०.७५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

बोनस प्रस्ताव पारित गर्ने कम्पनीले पुष २९ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ ।

पुस १५ गतेसम्म कायम रहेको शेयरधनीले मात्र कम्पनीले प्रस्ताव गरेको उक्त बोनस पाउने छन् ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  १२ : ५८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना