कैलालीमा तीन लाख २४ हजार मेट्रिकटन धान उत्पादन | Khabarhub Khabarhub

कैलालीमा तीन लाख २४ हजार मेट्रिकटन धान उत्पादन


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

अत्तरिया – कैलालीमा यस वर्ष तीन लाख २४ हजार आठ सय ८४ मेट्रिकटन बर्खे धान उत्पादन भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार गत वर्षको तुलनामा यस वर्ष झिनो मात्रामा बर्खे धान उत्पादनमा वृद्धि भएको हो ।

यस वर्ष ६८ हजार पाँच सय ४१ हेक्टर क्षेत्रफलमा बर्खे धानखेती गरिएकामा चार दशमलव ७४ मेट्रिकटन प्रतिहेक्टर धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शंकरदत्त अवस्थीले जानकारी दिए।

उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष शून्य दशमलम दुई प्रतिशतले बर्खे धान उत्पादनमा वृद्धि भएको छ । गत वर्ष पनि सोही क्षेत्रफलमा धानखेती गरिएकामा तीन लाख २३ हजार दुई सय ८० मेट्रिकटन धान उत्पादन भएको उनले जानकारी दिए ।

उनले भने, ‘गत वर्ष र यस वर्ष बराबरी क्षेत्रफलमा बर्खे धानखेती गरिएको थियो, उत्पादन बढ्न सकेन, झिनो मात्रामा बढेको छ ।’ गत वर्ष धानको उत्पादकत्व चार दशमलव ७२ मेट्रिकटन प्रतिहेक्टर रहेको उनले बताए।

यस्तै जिल्लामा यस वर्ष छ हजार चार सय ६१ हेक्टर क्षेत्रफलमा मकैखेती गरिएकामा १५ हजार एक सय ९२ मेट्रिकटन मकै उत्पादन भएको उनले जानकारी दिए । सूचना अधिकारी अवस्थीका अनुसार जिल्लामा एक सय तीन हेक्टर क्षेत्रफलमा कोदोखेती गरिएकामा एक सय २७ मेट्रिकटन कोदो उत्पादन भएको छ ।

ज्ञान केन्द्रले उत्पादन बढाउनका लागि किसानलाई ५० प्रतिशत अनुदानमा मेसिनरी औजार, बीउबिजनलगायत उपलब्ध गराउँदै आएको उनको भनाइ छ । त्यस्तै किसानलाई तालिमसमेत दिने गरिएको सूचना अधिकारी अवस्थीले बताए ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ३ : ०५ बजे

कांग्रेस बैठकमा नेताहरूलाई सुझाव- कार्यकार्ता असन्तुष्ट छन्, कार्यशैली सुधार्नुस्

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले पार्टीका नेताहरूको कार्यशैली सुधार गर्नुपर्नेमा

भारतीय सेनाको दाबी- ‘अपरेशन सिन्दूर’मा हामीले पाकिस्तानसहित चीन र टर्कीसँग पनि लड्नु पर्‍यो

नयाँ दिल्ली – भारतीय सेनाका डेपुटी आर्मी प्रमुख (लेफ्टिनेन्ट जनरल)

औद्योगिक विकासका लागि नीतिगत स्पष्टता र सुरक्षाको प्रत्याभूति आवश्यक’

गण्डकी– पूर्वअर्थमन्त्री तथा गभर्नर डा युवराज खतिवडाले औद्योगिक विकासलाई अघि बढाउन

अमेरिकामा क्यानाडाको निर्यात घट्दै, अरू देशसँगको व्यापारले उचाइ लिँदै

ओटावा- संयुक्त राज्य अमेरिकाले आयात हुने सामानमा कर लगाउन थालेपछि