रानी–धरान सडक कालोपत्रे हुने | Khabarhub Khabarhub

रानी–धरान सडक कालोपत्रे हुने


९ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

विराटनगर – विराटनगर महानगरपालिकाले विराटनगर–४ राजवंशी चोक पश्चिम पुल चोकदेखि वडा नं १३ को रानी–धरान सडकलाई कालोपत्रे गर्ने भएको छ ।

नहरको डिल हुँदै निर्मित उक्त सडक करिब रु चार करोडको लागतमा कालोपत्रे गर्न बोलपत्र आह्वान गरिएको थियो । उक्त बोलपत्र अनुसार ऐसी–सिसी र एलसी जेभीले तीन करोड ८२ लाखमा ठेक्का सम्झौता गरी काम सुरु गरिसकेका छन् ।

महानगरले सो सो सडकका लागि आवश्यक बजेट आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने प्रमुख नागेश कोइरालाले जानकारी दिए ।

सो सडक निर्माणपछि धरान–विराटनगर सडकमा देखिँदै आएको ट्राफिक समस्या केही मात्रामा भए कम हुने प्रमुख कोइरालाको भनाइ छ । गत भदौ ६ गते ठेक्का सम्झौता भएको सो सडकमा हाल ग्राभेलको काम भइरहेको छ । ठेक्का सम्झौता अनुसार पाँच दशमलव पाँच किलोमिटर सडक कालोपत्रे हुनेछ ।

यसअघि एयरपोर्ट रोडदेखि केशलिया रोडसम्म कालोपत्रे भइसकेको छ । आगामी भदौ ५ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको महानगरका पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर अर्जुन थापाले जानकारी दिए ।

प्रकाशित मिति : ९ पुस २०८१, मंगलबार  ५ : २७ बजे

‘क्रिसमस डे’ को रौनक : तस्बिरहरू

काठमाडौं– विश्वभरका क्रिश्चियन धर्मावलम्बीले क्रिश्चियन धर्मका संस्थापक येशु क्रिष्ट जन्मेको

नेपालमा कति छन् क्रिश्चियन ?

काठमाडौं– संविधानले धर्मनिरपेक्षता घोषणा गरेपछि नेपालमा रहेका सबै धर्मावलम्बीहरुले स्वतन्त्रताको

बेलुन महोत्सवले पोखराको पर्यटनमा थपियो रौनकता

पोखरा– पर्यटकीय राजधानी पोखरामा सुरु भएको मुलुककै पहिलो अन्तर्राष्ट्रिय बेलुन

लङ्खुवा खोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न

किमाथांका – सङ्खुवासभामा पाँच मेगावाट क्षमताको लङ्खुवा खोला साना जलविद्युत्

एमालेको ६ महिने कारबाहीमा परे बिन्दा पाण्डे र उषाकिरण तिमल्सिना

काठमाडौं- नेकपा एमालेले स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय