कोपा डेल रे : एथ्लेटिक बिल्वाओसँग बार्सिलोना स्तब्ध | Khabarhub Khabarhub

कोपा डेल रे : एथ्लेटिक बिल्वाओसँग बार्सिलोना स्तब्ध


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोपा डेल रे फुटबल अन्तर्गत एथ्लेटिक बिल्बाओसँग बार्सिलोना स्तब्ध बनेको छ । गएराति भएको क्वार्टरफाइनलमा बिल्बाओसँग ४–२ गोलले पराजित हुँदै बार्सिलोना उपाधि दौडबाट बाहिरिएको छ ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी गरेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो । सो समयमा  बिल्बाओले २ गोल गरेपछि खेल ४–२ ले जितेको थियो ।

बिल्बाओको जितमा गोर्का गुरुजेफा, ओइहान सान्चेट, इनाकी विलियम्स र निको विलियम्सले एकएक गोल गरेका थिए । त्यस्तै बार्सिलोनाका लागि रोबर्ट लेवानडोस्कीलामिन यमलले एक–एक गोल गरेका थिए ।

यस्तै, राति नै भएको अर्को खेलमा जिरोनालाई ३–२ गोलले हराउँदै मल्लोर्का सेमिफाइनलमा पुगेको छ । यस अघि रियल सोसियडाडले सेल्टा भिगोलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो ।

अहिलेसम्म एथलेटिक बिल्बाओ, मल्लोर्का र रियल सोसियडाड यस बर्षको कोपा डेल रेको सेमिफाइनलमा पुगेका छन् । 

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ७ : ५३ बजे

कोरला भन्सारबाट तीन अर्ब बढी राजस्व असुली

मुस्ताङ– कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा

हङकङ सिक्सेस : अफगानिस्तानले नेपाललाई दियो ११३ रनको चुनौती

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिताको पहिलो खेलमा अफगानिस्तानले

हङकङ सुपर सिक्सेस : राशिद खानको ह्याट्रिक

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालका राशिद खानले

अन्तरदेशीय प्रसारण लाइनको लाभ प्राधिकरणले पनि पाउनेछ : ऊर्जा मन्त्रालय

काठमाडौं– सरकारले नेपाल र भारतबीच निर्माण हुने अन्तरदेशीय प्रसारण लाइनबाट

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि