लाइबेरिया सत्ता हस्तान्तरणको नजिक पुगेको छ। लाइबेरियामा राष्ट्रपति पदमुक्त भएका स्टार फुटबलर जर्ज वेका बारे धेरैलाई थाहा नहुनसक्छ। जर्ज वे तिनै दुर्भाग्यशाली फुटबलर हुन् जो फिफा वर्ष खेलाडी भएर पनि विश्वकप खेल्न पाएका थिएनन्।
सन् १९९१ बाट दिन सुरु गरिएको फिफा वर्ष खेलाडीको अवार्ड सन् १९९५ मा वेले पाएका थिए। तथापि लाइबेरिया विश्वकपमा छनोट हुन असफल भएका कारण उनले विश्वकप फुटबलको अनुभव सँगाल्न पाएनन्।
फोहोर ढलसँगै पौठाजोरी खेलेर बाल्यकाल बिताएका व्यक्ति संसारकै उत्कृष्ट फुटबलर मात्र होइनन् देशको सर्वोच्च निकायमा पुग्नु बहादुरी हो। खेलाडीको प्रोफाइलका कारण वेलाई सन् २०१७ को निर्वाचनमा धेरै अपेक्षाका साथ मतदान गरिएको थियो। सो अपेक्षालाई पुरा गर्न नसकेका कारण उनी दोस्रो कार्यकालमा लागि नागरिकबाट अनुमोदन हुन असफल भए। खेल भावना देखाउँदै उनले विजयी उम्मेदवारलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका छन्। उनले आफू अर्को पटक निर्वाचनमा उम्मेदवार नहुने पनि बताइसकेका छन्।
उनी जन्मेकै सहर ह्लारा काटउनमा अझ पनि धेरैले उनलाई नै लाइबेरियाली आदर्श मान्ने गरेका छन्। आफूले देखेको र सुनेको आफ्नै ठाउँको कुनै व्यक्ति सन् १९९० को दशकको मध्यमा संसारका प्रभावकारी फुटबलर थियो भन्ने तथ्य धेरै लाइबेरियालीका लागि समेत दन्त्य कथा जस्तो पनि हुनसक्छ। उनी फिफा वर्ष खेलाडी र बालोन डी ओर अवार्ड दुवै जित्ने एक्लो अफ्रिकीसमेत हुन्।
खेलाडीको प्रोफाइलका कारण वेलाई सन् २०१७ को निर्वाचनमा धेरै अपेक्षाका साथ मतदान गरिएको थियो। सो अपेक्षालाई पुरा गर्न नसकेका कारण उनी दोस्रो कार्यकालमा लागि नागरिकबाट अनुमोदन हुन असफल भए।
वे ५१ वर्षको उमेरमा लाइबेरियाको २५ औं राष्ट्रपतिमा निर्वाचित भएका थिए। दुई लाख ५० हजार जना भन्दा बढीको ज्यान लिएको गृह युद्धको समाप्तिसँगै वे जोन्सन सरलिफलाई प्रतिस्थापन गर्दै राष्ट्रपति भएका हुन्।
क्रु आदिवासी समूहसँग सरोकार राख्ने वेलाई जिब्राल्टरमा रहेकी उनकी हजुर आमाले हुर्काएकी हुन्। यो कठोर अनुभवका कारण नै वेको शासन कालमा भ्रष्टाचार नियन्त्रण हुने, गरिबी निवारण हुने र सबैमा शिक्षाको पहुँच पुग्ने अपेक्षा गरिएको थियो। परन्तु ती सबैमा वे असफल भए। सन् २०२२ को भ्रष्टाचार सुचाङ्कमा लाइबेरिया १ सय ८० देश मध्य १ सय ४२ औं स्थानमा थियो।
वे एकदमै दलदले हिलो र गरिबीको बिचमा हुर्किएका हुन्। त्यत्ति मात्र होइन, उनी रहेको स्थानमा रोग व्यापक थियो। उनको हजुरआमाका लागि उनलाई सुरक्षित रूपले हुर्काउनु पनि कठिन थियो।
फुटबलमा केन्द्रित हुनकै लागि उनले विद्यालय तहको पढाइ छाडेका थिए। वे लाइबेरियाको राष्ट्रिय टोलीमा प्रवेश गर्नु अगाडि नै महँगा स्टार भइसकेका थिए।
फुटबलमा केन्द्रित हुनकै लागि उनले विद्यालय तहको पढाइ छाडेका थिए। सुरुका लाइबेरियाको टोलीबाट खेलेका उनले त्यसपछि क्यामरुनको क्लबको पनि अनुभव बटुले। २१ वर्षको उमेरमा आर्सन वेंगरको आँखामा परेपछि उनी फ्रान्सेली क्लब मोनाको पुगे त्यहीँबाट उनको भाग्य रातारात चम्किएको थियो। त्यहीँबाट उनी पेरिस सेन्ट जर्मन, एसी मिलान, चेल्सी र म्यानचेस्टर सिटी हुँदै ओलम्पिक मार्सीलेमा पुगे।
वेका केही थप विशेषता पनि थिए। उनी लाइबेरियाको राष्ट्रिय टोलीमा प्रवेश गर्नु अगाडि नै महँगा स्टार भइ सकेका थिए। यस कारण उनी राष्ट्रिय टोलीबाट खेल्दा कहिले पनि देशलाई भार थपेनन्। सङ्गीत प्रेमी उनले लाइबेरियाका केही सांगीतीक व्यक्तिसँग मिलेर त्यहाँको गृहयुद्ध निरुत्साहित गर्ने उद्देश्यले पनि गीत बनाएका थिए। उनले सन् २०१४ मा इबोलाबाट सचेत गराउँदै गीत बनाएका थिए। वेसँगै फुटबल खेलेका थोमस कोजोकै विचारमा वे यत्ति दिलदार व्यक्ति थिए कि त्यो कसैले पनि कल्पना गर्न सक्दैन।
सन् २००५ मा वेले कङ्ग्रेस फर डेमोक्रेटिक चेन्जको स्थापना गरेर पहिलो पटक राष्ट्रपति पदमा उम्मेदवार भएका थिए। त्यस भन्दा अगाडि नै युनिसेफको विशेष दुतको रूपमा काम गर्दै वेले लाइबेरियामा गृह युद्धको विरुद्धमा अभियान चलाइ सकेका थिए। धेरैलाई विद्यालय जानका लागि प्रेरित पनि गरेका थिए।
सन् २००५ मा वेले कङ्ग्रेस फर डेमोक्रेटिक चेन्जको स्थापना गरेर पहिलो पटक राष्ट्रपति पदमा उम्मेदवार भएका थिए। त्यस अगाडि युनिसेफको विशेष दुतको रूपमा काम गर्दै वेले लाइबेरियामा गृह युद्धको विरुद्धमा अभियान चलाइ सकेका थिए।
सन् २००५ मा एउटा छापामा समाचार छापिएको थियो ,‘क्वालीफीकेसन भर्सेस लोकप्रियता’ भन्ने शीर्षकको। सन् २००५ को निर्वाचनमा वेको प्रतिद्वन्द्वी एलन जोन्सन सिरलीफ थिए। उनी हवार्डका दीक्षित हुन्।
त्यस समयमा वेले निर्वाचनमा हारे। परन्तु, वेलाई नजिकबाट चिन्नेहरू उनलाई अत्यन्त‘ मुडी व्यक्ति पनि भन्न रुचाउँछन् । उनलाई जङ्ग चलेपछि त्यत्तिकै छाड्ने वाला होइनन्। एक दिन राष्ट्रपति भएर नै छाड्ने कसम उनले त्यसै समय खाइसकेका थिए। त्यसपछि फेरि विद्यालय गएका उनले सन् २००७ मा हाइ स्कुलको पठाइ पुरा गरे। त्यसको चार वर्षपछि उनले फ्लोरिडाको डेभ्रो विश्वविद्यालयबाट ग्रयाजुएसन पुरा गरे। सोही वर्ष उनी उपराष्ट्रपति पदकका लागि असफल प्रयास गर्न पुगे।
सन् २०१४ मा उनले पहिलो पटक निर्वाचनमा जितको स्वाद पाएका थिए। उनले राजधानी मोन्रोभियाको दक्षिणी प्रान्त मोन्टरेस्डोमा उम्मेदवार हुँदै सिनेटर हुने अवसर पाए। सन् २०१६ को अप्रिलमा उनले अर्को पटक राष्ट्रपति पदमा उम्मेदवार हुने घोषणा गरे।
यसबाहेक अन्य धेरै खेल स्टार राजनीतिमा प्रवेश गरेको घटना छन्। पाकिस्तानका सुपर स्टार इमरान खान पनि देशको सर्वोच्च स्थानमा पुगे। खान पनि राजनीतिक नेतृत्वमा सफल हुन सकेनन्।
युद्ध विरोधी र सङ्गीत प्रेमी लाइबेरियाका यी स्टार वर्षौँसम्म संसारका फुटबल प्रेमीका लागि आदर्श प्रेरणाका पात्र पक्कै हुन्। भलै उनी देशको नेतृत्व गर्दा आर्थिक अनुशासन कायम गर्न असफल रहे।
यसैगरी जर्ज वे भन्दा एक वर्ष अगाडि फिफा वर्ष खेलाडी हुनुका साथै ब्राजिललाई चौथो पटक विश्वकप दिलाएका रोमारियो पनि सामाजिक अभियन्ता भएका छन्। फिलिपिन्समा मेरी पाक्यु पनि राजनीतिमा छाए। यसैगरी एथलेटिक्सका सेबास्टिनको कन्जरभेटिभ पार्टीका नेता भए।
यी सबैको महत्त्व पक्कै होला। परन्तु एउटा गरिब परिवारमा हुर्केर अफ्रिकाबाट युरोप पुग्दै फिफा वर्ष खेलाडी र बालोन डी ओर अवार्ड जित्नु पक्कै चानचुने होइन। राष्ट्रिय टोलीबाट खेल्दा देशलाई आर्थिक भार नपार्ने उनको नीति सबैका लागि प्रशंसनीय बनेको थियो।
युद्ध विरोधी र सङ्गीत प्रेमी लाइबेरियाका यी स्टार वर्षौँसम्म संसारका फुटबल प्रेमीका लागि आदर्श प्रेरणाका पात्र पक्कै हुन्। भलै उनी देशको नेतृत्व गर्दा आर्थिक अनुशासन कायम गर्न असफल रहे। सायद वेको बाँकी जीवन सामाजिक काम र मानवीय संवेदनामा नै बित्नेछ।
स्रोत : फ्रान्स २४, बिबिसी
प्रतिक्रिया