राष्ट्रियसभामा १९ सिटका लागि मतदान जारी, आजै परिणाम आउने « Khabarhub

राष्ट्रियसभामा १९ सिटका लागि मतदान जारी, आजै परिणाम आउने


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट रिक्त हुने २० मध्ये १९ पदका लागि मतदान भइरहेको छ । सातै प्रदेशमा तोकिएका मतदान केन्द्रमा आज बिहान ९ बजेबाट मतदान सुरु भएको हो । निर्वाचन आयोगका अनुसार मतदान कार्यक्रम दिउँसो ३ बजेसम्म जारी रहनेछ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा विभिन्न ८ दलका ५१ उम्मेदवार चुनावी मैदानमा छन् । चुनावमा सत्ता गठबन्धन र एमाले–राप्रपा गठबन्धनबीच प्रतिस्पर्धा हुनेछ ।

राष्ट्रियसभा निर्वाचनका लागि सबै प्रदेशमा गरी २ हजार ४७ मतदाता रहेका छन् । जसमा प्रदेश सांसद र गाउँ/नगरका प्रमुख र उपप्रमुख रहेका छन् ।

निर्वाचनमा प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रको व्यवस्था गरिएको छ ।

राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि आगामी फागुन २० गते समाप्त हुँदैछ । राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले नै निर्वाचन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ।

राष्ट्रियसभा सदस्य  पदका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको मतभार १९ रहेको छ ।

निर्वाचन आयोगले आजै बेलुकासम्ममा मतपरिणाम घोषणा भैसक्ने जनाएको छ ।

 

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  १० : ०३ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल