कालिञ्चाेकमा हिमपात : भारत र बङ्गलादेशका पर्यटक बढ्न सक्ने  « Khabarhub

कालिञ्चाेकमा हिमपात : भारत र बङ्गलादेशका पर्यटक बढ्न सक्ने 


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

दोलखा- दोलखाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चाेकमा पुनः यस वर्षको दोस्रो पटक बाक्लो हिमपात भएको छ।

गत मंगलबार परेको हिमपात बिलाउन नपाउँदै पुनः बुधबार राति अबेरसम्म हिमपात भएको स्थानीयले बताएका हुन्  ।

‘एक साता परेको हिमपातको कारण चहलपहल बढेको यस क्षेत्रमा दोस्रो पटक पुनः हिमपात भएसँगै चहलपहल थप बढ्न सक्ने अनुमान गरिएको छ ।’ स्थानीय त्रिपुरा रिसोर्ट कालिञ्चाेकका सञ्चालक चन्द्रकुमार लामाले बताए ।

तीन हजार आठ सय ४२ मीटर उचाइमा रहेको कालिञ्चोक क्षेत्रमा यो वर्ष ढिलो गरी हिमपात भएको हो ।

मंगलबार परेको हिउँ पग्लिएर सकिन लाग्दा पुनः बिहीबार बाक्लो हिउँ झरेकोले छिमेकी देशका पर्यटक बढ्न सक्ने उनले बताए ।

अघिल्लो पटक परेको हिउँ बिलाएर आउन नपाएका भारत र बङ्गलादेशका पर्यटक यस पटकको हिउँ केहि दिन रहने हुँदा कालिञ्चाेक आउन सक्ने उनले बताए । अघिल्लो साताको हिमपात पछि कालिञ्चाेकमा १५ हजार भन्दा धेरैले भ्रमण गरेका थिए।

त्यसमा प्रायः जसो धेरै स्वदेशी पर्यटक आए पनि यस पटकको हिमपातले बाह्य पर्यटक वृद्धि गर्ने अनुमान गरिएको उनले बताए ।

दोस्रोपल्ट परेको हिउँ शुक्रवार र शनबार रहने हुँदा पनि अघिल्लो साताको तुलनामा कालिञ्चाेक आउनेको संख्या वृद्धि हुने व्यवसायीहरूले अनुमान गरेका हुन् ।

माघ लाग्ने बित्तिकै परेको हिमपातले थोरै भए पनि सधाको दिनमा भन्दा चहलपहल र स्थानीय होटल व्यवसायमा सुधार आएको होटल संचालक नवराज पाख्रिनले सुनाए

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ११ : १४ बजे

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा