मुगुमा भाइरल ज्वरोका कारण तीन जनाको मृत्यु « Khabarhub

मुगुमा भाइरल ज्वरोका कारण तीन जनाको मृत्यु


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुको सोरु गाउँपालिका वडा नं ६ पुरुमुरुका सल ढोलीकी २४ वर्षीया बुहारी कुसुम ढोलीको भाइरल ज्वरोका कारण मृत्यु भयो । रुघाखोकी,  भाइरल ज्वरोका कारण अहिले ससुरा सल ढोली पनि ओछ्यानमै छन् । 

उनी आङ, जिउ दुख्ने , हातगोडा दुख्ने समस्याले ग्रसित छन् । मुगु जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाँउपालिकामा करिब एक सातादेखि फैलिएको भाइरल ज्वरोका कारण ३ जनाको मृत्यु भएको छ भने सयौंको संख्यामा बिरामी परेका छन् । भाइरल ज्वरोबाट बालबालिका र वृद्धवृद्धा धेरै प्रभावित बनेका छन् । 

सोरु गाउँपालिकामा अहिले भाइलको प्रकोप देखिएको छ । सोरु गाउँपालिकाका सबै वडाहरूमा अधिकांश भाइरल ज्वरोबाट प्रभावित मात्र बनेका छन् । ३ जनाले ज्यान गुमाइसकेका छन् । ज्वरोको प्रकोप बढ्दै जाँदा समेत बिरामीहरूले उचित प्रकारको औषधि पाउन सकेका छैनन् । गाउँपालिकामा भाइरल ज्वरो बढ्दै जाँदा सोरु गाउँपालिकामा औषधि अभाव रहेको बताइएको छ ।

भाइरल ज्वरोकै कारण सोरु गाउँपालिका वडा नम्बर १ पुरुमुरुका ७० वर्षीया कृति छन्त्याल र ७० वर्षभन्दा माथिका हरिबहादुर शाही र २४ बर्षीया कुसुम ढोलीको मृत्यु भएको छ ।

 ज्वरोले सबै भन्दा बढी पुरुमुरु गाउँ प्रभावित बनेको छ । बिरामीहरू नजिकैको सोरुका स्वास्थ्य चौकिहरुमा आधारभूत उपचार गराई रहेको सोरु गाउपालिका अध्यक्ष धर्म बहादुर शाहीले बताए । 

यता जिल्ला स्वास्थ्य कार्यालयका कार्यालय मुगुका डाक्टर कमल ढुंगानाका अनुसार भाईरल ज्वरोको समस्या सामान्य रहेको बताएका छन् । यो समस्या जानकारी पाउना साथ अस्पतालको टोली संक्रमण स्थलमा पुगेको थियो । सोरुका पुरुमुरु र जिमा गरि दुई गाउँमा चेकजाँच गर्दा १ सय ५० जना लाई प्रकोप फैलिएको बताए । 

पछिल्लो समय सोरुका मात्र नभई छायाँनाथ रारा नगरपालिकामा पनि यस्तो समस्या देखिएको छ । चेकजाँच गर्दा गाउँमा उपचार नभएपछि दुईजनालाई जिल्ला अस्पताल मुगुमा रिफर गरिएको छ । विशेष गरेर सुख्खा खडेरी, हिमपात नभएका कारण भाइरल प्रकोप बढाएको उनको भनाई छ । यद्यपि थप स्वास्थ्यकर्मी परिचालन गरिने बताए ।

अत्यधिक जाडोसँगै जिल्लाभरि भाइरल ज्वरोले मान्छेहरुको बिरामी पर्ने चाप बढेको छ । डा ज्वरो आउने, टाउको दुख्ने, घाँटी पाक्ने, पेट दुख्ने, रिङ्गटा लाग्ने, बान्ता आउने, आँखा दुब्ने, खाना खान मन नलाग्नेजस्ता रोगको लक्षणले शरीर कमजोर हुँदै जाँदा औषधि उपचार नभएर मृत्यु हुने गरेको बताइएको छ । 

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  १ : ०८ बजे

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई

एसियाली पारा खेलकुदमा पहिलोपटक नेपाली ह्विलचियर टेनिस खेलाडी

काठमाडौं । ह्विलचियर टेनिस खेलाडी रामबहादुर तामाङले वाइल्ड कार्डमार्फत पाँचौँ

कप्तानगञ्ज घटनामा गोली लागेका मेहताको शव परीक्षणका लागि परिवार तयार

काठमाडौं । सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर

भूमिहीनका नाममा झूटो विवरण पेश गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ । सरकारले भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित