मुगुमा भाइरल ज्वरोका कारण तीन जनाको मृत्यु « Khabarhub

मुगुमा भाइरल ज्वरोका कारण तीन जनाको मृत्यु


११ माघ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुको सोरु गाउँपालिका वडा नं ६ पुरुमुरुका सल ढोलीकी २४ वर्षीया बुहारी कुसुम ढोलीको भाइरल ज्वरोका कारण मृत्यु भयो । रुघाखोकी,  भाइरल ज्वरोका कारण अहिले ससुरा सल ढोली पनि ओछ्यानमै छन् । 

उनी आङ, जिउ दुख्ने , हातगोडा दुख्ने समस्याले ग्रसित छन् । मुगु जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाँउपालिकामा करिब एक सातादेखि फैलिएको भाइरल ज्वरोका कारण ३ जनाको मृत्यु भएको छ भने सयौंको संख्यामा बिरामी परेका छन् । भाइरल ज्वरोबाट बालबालिका र वृद्धवृद्धा धेरै प्रभावित बनेका छन् । 

सोरु गाउँपालिकामा अहिले भाइलको प्रकोप देखिएको छ । सोरु गाउँपालिकाका सबै वडाहरूमा अधिकांश भाइरल ज्वरोबाट प्रभावित मात्र बनेका छन् । ३ जनाले ज्यान गुमाइसकेका छन् । ज्वरोको प्रकोप बढ्दै जाँदा समेत बिरामीहरूले उचित प्रकारको औषधि पाउन सकेका छैनन् । गाउँपालिकामा भाइरल ज्वरो बढ्दै जाँदा सोरु गाउँपालिकामा औषधि अभाव रहेको बताइएको छ ।

भाइरल ज्वरोकै कारण सोरु गाउँपालिका वडा नम्बर १ पुरुमुरुका ७० वर्षीया कृति छन्त्याल र ७० वर्षभन्दा माथिका हरिबहादुर शाही र २४ बर्षीया कुसुम ढोलीको मृत्यु भएको छ ।

 ज्वरोले सबै भन्दा बढी पुरुमुरु गाउँ प्रभावित बनेको छ । बिरामीहरू नजिकैको सोरुका स्वास्थ्य चौकिहरुमा आधारभूत उपचार गराई रहेको सोरु गाउपालिका अध्यक्ष धर्म बहादुर शाहीले बताए । 

यता जिल्ला स्वास्थ्य कार्यालयका कार्यालय मुगुका डाक्टर कमल ढुंगानाका अनुसार भाईरल ज्वरोको समस्या सामान्य रहेको बताएका छन् । यो समस्या जानकारी पाउना साथ अस्पतालको टोली संक्रमण स्थलमा पुगेको थियो । सोरुका पुरुमुरु र जिमा गरि दुई गाउँमा चेकजाँच गर्दा १ सय ५० जना लाई प्रकोप फैलिएको बताए । 

पछिल्लो समय सोरुका मात्र नभई छायाँनाथ रारा नगरपालिकामा पनि यस्तो समस्या देखिएको छ । चेकजाँच गर्दा गाउँमा उपचार नभएपछि दुईजनालाई जिल्ला अस्पताल मुगुमा रिफर गरिएको छ । विशेष गरेर सुख्खा खडेरी, हिमपात नभएका कारण भाइरल प्रकोप बढाएको उनको भनाई छ । यद्यपि थप स्वास्थ्यकर्मी परिचालन गरिने बताए ।

अत्यधिक जाडोसँगै जिल्लाभरि भाइरल ज्वरोले मान्छेहरुको बिरामी पर्ने चाप बढेको छ । डा ज्वरो आउने, टाउको दुख्ने, घाँटी पाक्ने, पेट दुख्ने, रिङ्गटा लाग्ने, बान्ता आउने, आँखा दुब्ने, खाना खान मन नलाग्नेजस्ता रोगको लक्षणले शरीर कमजोर हुँदै जाँदा औषधि उपचार नभएर मृत्यु हुने गरेको बताइएको छ । 

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  १ : ०८ बजे

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच