कोशी, गण्डकी, मधेस र सुदूरपश्चिममा मतगणना सुरु  « Khabarhub

कोशी, गण्डकी, मधेस र सुदूरपश्चिममा मतगणना सुरु 


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभा निर्वाचनमा कोशी, गण्डकी, मधेस र सुदूरपश्चिम  प्रदेशमा मतगणना सुरु भएको छ । 

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार चार प्रदेशमा मतगणना सुरु भएको हो ।  

५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा एक जनाको निधन भएपछि अहिले ५२ जना सबैले मतदान गरेका छन् ।

स्थानीय तह तर्फ १७५ जनामध्ये धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र भजनीका उपमेयर राजु तिरुवाले मतदान नगरेको बताइएको छ । 

यस्तै कोशी प्रदेशमा धरानका मेयर हर्क साम्पाङले मतदान गरेनन् । यस्तै मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयराम गच्छदारले बिरामी भएर मतदान नगरेको बताइएको छ । 

यस्तै कोशीकै झापा गाउँपालिकाका अध्यक्ष जयराम चौधरी निलम्बनमा परेको हुँदा मतदाता सूचीमै थिएनन् । 

कोशीमा २ सय ७४ स्थानीय जनप्रतिनिधि मध्ये २ सय ७१ ले मात्र मतदान गरेका छन् । प्रदेश सभाका ९३ जनाले नै मतदान गरेका छन् । 

बागमती प्रदेशमा हाम्रो नेपाली पार्टी (हानेपा) का दुई सांसद शैलेन्द्रराज बज्राचार्य र समता खड्कीले मतदान गरेनन् । 

यस्तै स्थानीय तहतर्फ  काठमाडौंका मेयर बालेन्द्र शाह, नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष बिरबल तामाङ र काभ्रेको चौरी देउराली गाउँपालिकाको उपाध्यक्ष शेरबहादुर लामा मतदान गरेका छैनन् । 

यहाँ प्रदेश सभातर्फ १०८ जनाले मतदान गरेका छन् भने स्थानीय तहतर्फ २३४ जनाले मतदान गरे ।

गण्डकीमा पनि मतगणना जारी छ ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ४ : २६ बजे

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई

एसियाली पारा खेलकुदमा पहिलोपटक नेपाली ह्विलचियर टेनिस खेलाडी

काठमाडौं । ह्विलचियर टेनिस खेलाडी रामबहादुर तामाङले वाइल्ड कार्डमार्फत पाँचौँ

कप्तानगञ्ज घटनामा गोली लागेका मेहताको शव परीक्षणका लागि परिवार तयार

काठमाडौं । सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर

भूमिहीनका नाममा झूटो विवरण पेश गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ । सरकारले भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित