कोशी, गण्डकी, मधेस र सुदूरपश्चिममा मतगणना सुरु  « Khabarhub

कोशी, गण्डकी, मधेस र सुदूरपश्चिममा मतगणना सुरु 


११ माघ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रियसभा निर्वाचनमा कोशी, गण्डकी, मधेस र सुदूरपश्चिम  प्रदेशमा मतगणना सुरु भएको छ । 

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार चार प्रदेशमा मतगणना सुरु भएको हो ।  

५३ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा एक जनाको निधन भएपछि अहिले ५२ जना सबैले मतदान गरेका छन् ।

स्थानीय तह तर्फ १७५ जनामध्ये धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र भजनीका उपमेयर राजु तिरुवाले मतदान नगरेको बताइएको छ । 

यस्तै कोशी प्रदेशमा धरानका मेयर हर्क साम्पाङले मतदान गरेनन् । यस्तै मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयराम गच्छदारले बिरामी भएर मतदान नगरेको बताइएको छ । 

यस्तै कोशीकै झापा गाउँपालिकाका अध्यक्ष जयराम चौधरी निलम्बनमा परेको हुँदा मतदाता सूचीमै थिएनन् । 

कोशीमा २ सय ७४ स्थानीय जनप्रतिनिधि मध्ये २ सय ७१ ले मात्र मतदान गरेका छन् । प्रदेश सभाका ९३ जनाले नै मतदान गरेका छन् । 

बागमती प्रदेशमा हाम्रो नेपाली पार्टी (हानेपा) का दुई सांसद शैलेन्द्रराज बज्राचार्य र समता खड्कीले मतदान गरेनन् । 

यस्तै स्थानीय तहतर्फ  काठमाडौंका मेयर बालेन्द्र शाह, नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष बिरबल तामाङ र काभ्रेको चौरी देउराली गाउँपालिकाको उपाध्यक्ष शेरबहादुर लामा मतदान गरेका छैनन् । 

यहाँ प्रदेश सभातर्फ १०८ जनाले मतदान गरेका छन् भने स्थानीय तहतर्फ २३४ जनाले मतदान गरे ।

गण्डकीमा पनि मतगणना जारी छ ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहिबार  ४ : २६ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको

न्यायालयमा ‘स्याउको बाकस’ काण्ड: बल्झियो ‘सुपरस्टोर’ र बिचौलियाको बहस

बाहिरबाट हेर्दा फलफूलको सामान्य कार्टुन जस्तो देखिने ‘स्याउको बाकस’ भित्र

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने

काठमाडौँ – आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा