जाउलाखेल आहा रारा गोल्डकपको क्वाटरफाइनलमा « Khabarhub

जाउलाखेल आहा रारा गोल्डकपको क्वाटरफाइनलमा


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

गण्डकी । जावलाखेल युथ क्लब पोखरामा जारी २३औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा जाउलाखेल प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज भएको खेलमा मच्छिन्द्र फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै जावलाखेलले प्रतियोगिताको अन्तिम आठमा स्थान पक्का गरेको हो ।

खेलको पहिलो मध्यान्तरको ३८औँ मिनेटमा निर्णायक गोल गर्दै जावलाखेलका हिसुब थपलियाले टोलीलाई जित दिलाएका हुन् । ‘म्यान अफ दी म्याच’ घोषित भएका उनले रु १० हजार पुरस्कारसमेत पाए । अब जाउलाखेलले आगामी १५ गते हुने क्वाटरफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबको सामना गर्नेछ ।

यसअघिका प्रि–क्वाटरफाइनल खेलमा जित हासिल गर्दै थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबले क्वाटरफाइनलको यात्रा तय गरिसकेको छ । सहारा क्लब पोखराद्वारा आयोजित यस प्रतियोगितामा भूटानको पारो एफसी, साबिक विजेता सङ्कटा क्लब, नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल, मनाङ मस्र्याङ्दी, जावलाखोल युथ क्लब, चर्च ब्वाइज, मच्छिन्द्र, थ्री स्टार, राइजिङ स्टार र आयोजक सहारा क्लबको सहभागिता छ ।

प्रतियोगिताका विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार प्राप्त गर्ने सहारा क्लबले जनाएको छ । प्रि–क्वाटरफाइनल विजेता र पराजित दुवै टोलीलाई जनही रु २०/२० हजार, क्वाटरफाइनल विजेता र पराजित दुवै टोलीलाई रु ३०/३० हजार र सेमिफाइनल विजेता र पराजित दुवै टोलीलाई रु ५०/५० हजार प्रदान गरिने जनाइएको छ । प्रतियोगिता यही माघ २० गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ८ : १५ बजे

चन्द्रगढी महिला गोल्डकपको खेलतालिका सार्वजनिक

झापा– आगामी वैशाख ५ गतेदेखि हुने चन्द्रगढी महिला गोल्डकपको खेलतालिका

जिब्रो छेड्ने जात्रा : सुजनले चौथोपटक जिब्रो छेड्ने

भक्तपुर– भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २

‘स्टारडम’को आडमा अपराध : सबै बलात्कारी कि समय खराब ?

अभिनेता तथा चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’ लाई अमेरिका

बुढीनन्दाको कोल्टीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन

बाजुरा– जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकाको कोल्टीमा कृषि उपज

फेवाताल जग्गा बारे गृहमन्त्रीको स्पष्टीकरण– ‘म आफैँ ठगिएको छु, कानुनी उपचारमा जान्छु’

काठमाडौँ – गृहमन्त्री सुदन गुरुङले पोखराको फेवाताल किनाराको जग्गा प्रकरणमा