धर्म र संस्कृति जगेर्ना गर्नुपर्छ : अर्थमन्त्री « Khabarhub

धर्म र संस्कृति जगेर्ना गर्नुपर्छ : अर्थमन्त्री


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले धर्म र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताएका छन्। काठमाडौँको तारकेश्वर नगरपालिका–३ पाँचमानेस्थित तारकेश्वर महादेव मन्दिर परिसरमा आजदेखि सुरु भएको ‘विराट ज्ञान महायज्ञ’को उद्घाटन गर्दै उनले सबै मिलेर धर्म र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताए ।

“मनमा अशान्ति पाल्नु हुँदैन, जति मनलाई शान्त बनाउने कोशिस गरिन्छ त्यति नै जीवन रमाइलो र उल्लासमय हुन्छ”, अर्थमन्त्री डा महतले भने । पछिल्लो समय युवा धर्म संस्कृतिबाट टाढा हुँदै गएको भन्दै यसलाई जगेर्ना गर्नका लागि यस्ता कार्यक्रमले सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले नगरभित्रका धार्मिक तथा सांस्कृतिक मठमन्दिरका साथै पर्यटकीय स्थललाई स्वदेश तथा विदेशमा प्रचारप्रसार गर्नका लागि महायज्ञ आयोजना गरिएको बताए । उनका अनुसार आजदेखि सुरु भएको महायज्ञ यही माघ २३ गतेसम्म सञ्चालन हुनेछ ।

महायज्ञको वाचक गुरु नारायण चतुव्र्यूह छन् । प्रत्येक दिन बिहान ७ बजेदेखि पूजा एवं पाठपारायण, ११ देखि ४ बजेसम्म कथावाचन, ४ः३० बजे प्रसाद ग्रहण र बेलुका ७ देखि ११ बजेसम्म सन्ध्याकालीन भजन प्रस्तुत हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  १० : ०९ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई