आज २०८० साल फागुन १३ गते आइबारको राशिफल « Khabarhub

आज २०८० साल फागुन १३ गते आइबारको राशिफल


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


10.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल फागुन १३ गते आइतबार तदनुसार सन् २०२४ फेब्रुअरी २५ तारिख। कृष्ण पक्षको प्रतिपदा तिथि। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश :

मेष : दिन राम्रो छ। लगानीको क्षेत्रबाट फाइदा हुनेछ। खेलमा भए अवार्ड र सामाजिक काम भए सम्मान मिल्नेछ। विरोध गर्ने साथी शान्त हुनेछन्। राम्रो कामको थालनी गर्नुपर्ने दिन छ। परिवारमा सुख र शान्ति मिल्नेछ।

वृष : दिन राम्रो छ। शिक्षामा सफल, स्वास्थ्यमा लाभ मिल्नेछ। वैदेशिक क्षेत्रको श्रमबाट फाइदा हुनेछ। सञ्चित धन खर्च हुनेछ। आफूभन्दा ठुलाको साथ रहने योग छ।

मिथुन : दिन सहज बन्नेछ। अरुको आयोजनामा आफ्नो हुनेछ। थोरै श्रमबाट राम्रो आम्दानी हुनेछ। परिवारको साथ रमाइलो हुनेछ। बोलीमा ख्याल नगर्दा पश्चाताप हुनसक्छ।

कर्कट : दिन सामान्य छ। तपाईंको कामबाट अरुले फाइदा लिनेछन्। राम्रो कामबाट खुट्टा तान्ने सक्रिय छन्। निष्ठावान बन्नु भएमा सबै पछाडि पर्नेछन्। परिवारसँगको सम्बन्ध सुमधुर रहनेछ।

सिंह : दिन राम्रो छ। चन्द्रमा दाहिना भएकाले राम्रो कामको सुरुवात हुनसक्छ। हल्ला गर्ने तर काम नगर्ने शान्त हुनेछन्। लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा लाभ हुनेछ। परिवारमा प्रतिस्पर्धा चल्नेछ।

कन्या : दिन रमाइलो छ। राम्रो कामको थालनी गर्दा फाइदा हुनेछ। मनमा उत्साह बढ्नेछ। डर, त्रास र भयबाट मुक्त भएर ठुलो कामको थालनी गर्नुपर्ने दिन छ। परिवारको सहयोग निरन्तर प्राप्त हुनेछ।

तुला : दिन राम्रो छ। कर्म क्षेत्रलाई निरन्तरता दिनाले भाग्यको उदय हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। खानपानमा सचेत हुनुपर्ने देखिन्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : समय सामान्य छ। घरमा भन्दा भन्दा बाहिर रमाउने बानीले परिवारमा खटपट हुनसक्छ। गणेशको भजन सुन्नुभयो भने धेरै काम बन्नेछन्। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक रोजगारीको बाटो खुल्ने योग रहेको छ।

धनु : दिन राम्रो छ। धन कमाउन भन्दा जोगाउने कुराको चिन्ता बढ्नेछ। साथीभाइको हुटहुटीले यात्रा रमाइलो हुनेछ। न्यायपूर्वक गरेको लगानीबाट फाइदा हुनेछ। यात्रामा रमाइलो गर्ने दिन छ। परिवारको साथ र सहयोग रहनेछ।

मकर : दैनिकी राम्रो छ। वैदेशिक क्षेत्रको लगानी सफल बन्नेछ। आफन्तलाई मनको कुरा नभन्नु राम्रो हुन्छ। परिवारबाट प्राप्त हुने मायाले निरन्तरता पाउने देखिन्छ।

कुम्भ : दिन सामान्य छ। शनिदेव प्रतिकुल छन्। जन्म कुण्डलीमा आफ्नै घरमा रहेका शनि वा ३, ६ र ११ स्थानमा शनिदेव भए ठुलो काम बन्नेछ। परिवारलाई अगाडि सारेर नयाँ कामको थालनी गर्ने योग रहेको छ।

मीन : दिन सामान्य छ। आफ्नो कारणले आम्दानी भन्दा खर्च बढ्नेछ। सामाजिक क्षेत्रमा आफन्तबाट अवहेला हुनेछ। नम्र भएर धार्मिक क्षेत्रमा मन दिनुपर्ने देखिन्छ। परिवारको साथ र सहयोग रहन्छ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ५ : ०८ बजे

सुदूरपश्चिमबाट मनसुन बाहिरिन थाल्यो

काठमाडौं – यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमबाट बाहिरिन थालेको छ। मौसम विज्ञान

१५औँ अधिवेशन गराएर देउवाले नेतृत्व हस्तान्तरण गर्ने महतको दाबी

काठमाडौं– नेपाली कांग्रेस संस्थापनइतर समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको १५औँ

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा