अफगानिस्तानमा नास हुँदै पुरातात्त्विक क्षेत्र | Khabarhub Khabarhub

अफगानिस्तानमा नास हुँदै पुरातात्त्विक क्षेत्र


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

अफगानिस्तानका धेरै पुरातात्त्विक महत्वका वस्तु अहिले नास भएका छन्। बुल्डोजरको प्रयोग गर्दै त्यहाँको संरचना नास गर्ने तथा त्यसको लगत्तै भएका सबै वस्तु पालैपालो विक्री वितरण गर्ने नीति लिइएको छ। यस किसिमको लुट संयन्त्रमा राज्य तह नै व्यवस्थित रूपले लागेको युनिभर्सिटी अफ सिकागोको अध्ययनले देखाएको छ।

सन् २०२१ मा तालीवान सत्ता स्थापना हुनु अगाडि र तालीवान सत्ता स्थापित भइसकेपछि दुई फरक समयको फोटो लिएर यसको प्रमाण जुटाइएको हो। इसा पूर्व हजार तथा त्यस भन्दा अघिको समयमा निर्माण गरिएका पुरातात्त्विक महत्वका वस्तुहरू नास गरिएका छन्। यो समयलाई कासको युग तथा फलामे युगको रूपमा पनि चित्रण गरिएको छ।

उत्तरी अफगानिस्तानका धेरै वस्तु नास गरिएका छन्। यसरी नास भएका मध्य धेरै बाख प्रान्तका छन्। २० लाख वर्ष अघि त्यो स्थान एउटा आदिवासी समूहका लागि परिचित थियो। प्राचीन अफगानिस्तानमा सो सबै भन्दा विकसित र समृद्ध क्षेत्र थियो। इसापूर्व १६ औं शताब्दीमा अकामेडीक सम्राट्को शासन काल थियो, त्यो। इसा पूर्व ३२७ मा अलेक्जेन्डर महान्ले सत्ता हातमा लिएका थिए। त्यसपछि उनले आदिवासी समुदायकी रोक्साना नामकी महिलासँग विवाह गरेका थिए। अकामेनिड सत्तामा हराउँदै उनी शासक भएका थिए।

इसा पूर्व हजार तथा त्यस भन्दा अघिको समयमा निर्माण गरिएका पुरातात्त्विक महत्वका वस्तुहरू नास गरिएका छन्। यो समयलाई कासको युग तथा फलामे युगको रूपमा पनि चित्रण गरिएको छ।

त्यो स्थान अफगानिस्तानको मुख्य पूर्व पश्चिम मार्गको सिल्क रोडमा रहेको थियो। यसको मुख्य सहर बाक्ट्रा थियो। पछि यसैको नाम परिवर्तन भएर बाल्ख भएको हो। यो जोरेस्ट्रेन र बुद्धिस्ट आस्था रहने दुवै पक्षका लागि आधार केन्द्र थियो। कालान्तरमा यो नै महत्त्वपूर्ण इस्लामिक सहरमा परिणत भएको थियो।

सांस्कृतिक सम्पदा संरक्षणका लागि सिकागो विश्वविद्यालयले दिएको जानकारी अनुसार स्याटलाइटबाट अफगानिस्तानमा २९ हजार दृश्य लिइएको थियो। तर उनीहरूले सन् २०१८ यता त्यो क्षेत्रमा नयाँ दृश्य देख्न थालेका थिए।

केही समयको अन्तरालमा आएका परिवर्तनका कारण उनीहरू त्यहाँ बुल्डोजर चलाइएका कुरामा विश्वस्त थिए। त्यहाँ केही बुल्डोजरका ट्रयाक पनि देखिएका छन्। त्यस केन्द्रका निर्देशक प्राध्यापक गिल स्टेनेलले जनाए अनुसार त्यहाँ बुल्डोजर लगाउनेले खाल्डो पुरेको दृश्य पनि देखिँदै गएको थियो।

त्यहाँ रहेका हरेक वस्तु सहजै उठाउनका लागि मानिस सकेसम्म बल गरीरहेका थिए। प्राध्यापक स्टेनको टोलीले गरेको अध्ययन अनुसार एक सातामा एक सय ६२ का दरले यस्ता पुरातात्त्विक महत्वका वस्तु नास गरिएका थिए। योक्रम सन् २०१८ देखि २०२१ को बिचमा कायम थियो। त्यसपछि अन्य थुप्रै यस्ता वस्तु नास गरिए।

केही बुल्डोजरका ट्रयाक पनि देखिएका छन्। त्यस केन्द्रका निर्देशक प्राध्यापक गिल स्टेनेलले जनाए अनुसार त्यहाँ बुल्डोजर लगाउनेले खाल्डो पुरेको दृश्य पनि देखिँदै गएको थियो।

अनुसन्धानकर्ता यसरी नास गरिएका वस्तुको विस्तृत विवरण बाहिर ल्याउन भने असफल नै रहे। धेरै डकुमेन्टको अध्ययनले देखाएको तथ्य भने के हो भने यो सुरुवाती चरण भने पक्कै होइन। त्यहाँ ढल र सुरुङको अवधारणा अघि बढेको छ। अनुसन्धानकर्तालाई त्यहाँ गाडिएका हरेक विषयको राम्रोसँग विवरण भने हुनसक्छ। टेला टेप भन्दा ९७ किलोमिटर टाढा एक किसिमको सुन फेला परेको छ। यो सुन १९७८ मा फेला परेको हो।

‘हिल अफ गड’ नामकरण गरिएको सो स्थानमा २० हजार दुर्लभ वस्तु समावेश गरिएको थियो। त्यसमा सुनका गहना, पैसा र अन्य धेरै सुनका बहुमूल्य वस्तु रहेका थिए। क्याम्ब्रिज विश्वविद्यालयमा रहेर अध्ययन गरिरहेका फेलो रिसर्च रेजा हुसेनीले त्यस क्षेत्रमा सभ्यता एकदमै ढिला भएको बताएका छन्। बाल्खमा जन्मिएका उनले २० वर्ष स्वयंसेवकको रूपमा उत्तरी अफगानिस्तानको पुरातात्त्विक महत्वको क्षेत्रको अध्ययन गरेर बिताएका छन्। उनले धेरै अध्ययन बुल्डोजरको बारे गरेका छन्। उनी पनि सिकागोबाट सार्वजनिक सो भिडियोबाट आश्चर्यचकित भएका छन्। ‘उनले त यो भिडियो सार्वजनिक भए पनि आफ्नो आँखाबाट आँसु झरेको बताएका छन्।’

योक्रम कहिलेदेखि कसरी सुरु भयो भन्ने यकिन छैन। तथापि, प्राध्यापक स्टेनका अनुसार यो क्रम यस अगाडिका शासक अस्राफ घानीको समयमा सुरु भएको थियो भने अहिले तालिवान सत्तामा पनि निरन्तरता पाएको छ। घानीको शासन अलि बढी नै कमजोर थियो। देशको सबै क्षेत्रमा घानी सत्ताको प्रभाव समेत थिएन। बाल्ख लगायत उत्तरी अफगानिस्तानको सबैभन्दा ठुलो सहर बराह इफ सरिफ तालीवानले काबुल कब्जा गर्नु अघि नै कब्जा गरेका थिए।

प्राध्यापक स्टेनका अनुसार यो क्रम यस अगाडिका शासक अस्राफ घानीको समयमा सुरु भएको थियो भने अहिले तालिवान सत्तामा पनि निरन्तरता पाएको छ।

प्राध्यापक स्टेनको मतमा विलासिताको जिन्दगी बिताउनका लागि धनी र समृद्धले नै त्यो लुट धन्दा चलाएका हुन्। हुसेनीकै मतमा ती क्षेत्र उनले सन् २००९ मा देश छाड्नु अघि नै त्यो लुटको धन्दा सुरु भएको थियो। ऐतिहासिक विषयको कुनै महत्त्व नबुझ्नेले सम्पत्तिकै लागि त्यो सबै गरेको उनी बताउँछन्।

सन् २००१ मा १ हजार ५ सय वर्ष पुरानो बुद्धको मूर्ति ढालेर अफगानिस्तान विवादमा आएको थियो। तालीवानका सूचना तथा संस्कृति राज्य मन्त्री अतीकुल्ला अजीजी आफूहरूको शासनमा सांस्कृतिक विषयको नाश नभएको बताए।

त्यहाँ किताब, सुन र अन्य पुरातात्त्विक र सांस्कृतिक बस्तु चोरेको आरोपमा तीन जना गिरफ्तार भएको सरकारले जनाएको छ। स्टेनले जनाए अनुसार ती वस्तु इरान र पाकिस्तान हुँदै युरोप, उत्तर अमेरिका र पूर्वी एसियामा पुग्ने गरेका छन्। यी पदार्थ संसारका केही स्थानका सङ्ग्रहालयमा पनि पुगेका हुन सक्छन्। अहिले अफगानिस्तानको यो लुटको क्रमले धेरैलाई चिन्तित तुल्याएको छ।

१९ औ शताब्दीमा यसरी पुरातात्त्विक महत्त्वका वस्तु तस्करी हुने देशमा इराक थियो। यसरी पुरातात्त्विक विषयका वस्तुको लुटको शृङ्खला संसारभर नै छ। यसमा अफगानिस्तान सबै भन्दा अगाडि देखिन्छ। स्रोत : बीबीसी

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ७ : ०१ बजे

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल