स्पेनिस ला लिगा : गेटाफेमाथि बार्सिलोनाको सानदार जित « Khabarhub

स्पेनिस ला लिगा : गेटाफेमाथि बार्सिलोनाको सानदार जित


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबमा बार्सिलोनाले सहज जित निकालेको छ । गएराति भएको खेलमा गेटाफेलाई ४–० गोलले हराउँदै बार्सिलोना विजयी भएको हो ।

बार्सिलोनाका राफिन्हा, जोआओ फेलिक्स, फ्राङ्कलिङ डि जोङ र फर्मिन लोपेजले एक–एक गोल गरेका थिए । पहिलो हाफको खेल १–० गोलमा सकिए पनि बार्सिलोनाले दोस्रो हाफमा तीन गोल थपेको थियो ।

यो जितसँगै बार्सिलोना २६ खेलबाट ५७ अंकका साथ तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएको गेटाफे ३४ अंकसहित दशौँ स्थानमा छ ।

शीर्षस्थानको रियल मड्रिडले २५ खेलबाट ६३ अंक जोडेको छ भने तेस्रो स्थानको जिरोनाका ५६ अंक छ ।

 

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ७ : २२ बजे

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त