कोदोबाट बिस्कुट उत्पादन « Khabarhub

कोदोबाट बिस्कुट उत्पादन


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– पुरानो खाद्यान्न बाली कोदोलाई बागलुङमा ‘ब्रान्डिङ’ गरेर यसको पिठोबाट बिस्कुट उत्पादन गर्न थालिएको छ । घरेलु उद्योगमार्फत काठेखोला गाउँपालिका–८ लेखानीका युवा चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन गरेर बिक्री गर्न थालेका छन् ।

गाउँमै उद्यम गरेर स्वरोजगार बन्नका लागि सात वर्षदेखि कोदोको बिस्कुट बनाउने विषयमा अध्ययन तथा अनुसन्धानपछि उनले कादोको बिस्कुट उत्पादनमा सफलता हासिल गरेका हुन्। विस २०७७ मा सो उद्योग स्थापना भएको थियो ।

लामो समयदेखि आलु, कोदो, जौ र मकैको बिस्कुट बनाउनका लागि अध्ययनपश्चात् पहिलो चरणमा कोदोको बिस्कुट उत्पादन गरेको युवा व्यवसायी श्रीसले जानकारी दिए । कोदोपछि आलुको बिस्कुट बजारमा पठाउने उनको योजना रहेको छ ।

‘जागिरको मानसिकता थिएन, पाँच वर्ष काठमाडौँमा रेष्टुराँ व्यवसाय गरे, पढाइमा स्नातक सके पनि जागिर खाइन, कोरोनाकालमा गाउँ फर्केपछि रेष्टुराँ बन्द भयो, यही उद्योगमा लागे’, उनले भने, ‘५० लाख लगानीमा कोदोको बिस्कुट बजारमा पुर्‍याएको छु, अहिले धेरै स्थानबाट कोदोको बिस्कुटको माग बढिरहेको छ, कोदोको बिस्कुटको निकै राम्रो सम्भावना देखेको छु ।’

कुनै समय गरिबको खानाको रुपमा चिनिएको कोदोको परिकारको महत्व पछिल्लो समय बढिरहेको सन्दर्भमा युवा व्यवसायी श्रीसले नेपालमै पहिलोपटक कोदोको बिस्कुट बजारमा ल्याएको दाबी गरे ।

आफूले सिए अध्ययन गर्ने क्रममा विभिन्न उद्योगको अवलोकन भ्रमणको क्रममा बिस्कुट कम्पनीको अध्ययन गरेको बताउँदै सिए बन्ने सपना पूरा नभए पनि उद्यमी बन्ने सपना पूरा गर्नतर्फ लागेको बताए । उनले अहिले गुणस्तरीय प्याकेटमा ७० ग्रामको कोदोको बिस्कुटलाई प्रतिगोटा २० रुपैयाँमा बजार पठाएको बताए  ।

उद्योग स्थापनाका लागि गण्डकी प्रदेश सरकारले ग्रामीण साना घरेलु उद्योग स्थापना कार्यक्रमअन्तर्गत १० लाख अनुदान पाएपछि आफूले उद्योग सुरु गरेको उनको भनाइ छ । गाउँमा रहेको कच्चा पदार्थ कोदोलाई ब्रान्ड बनाउन सके कोदोको उत्पादन बढ्ने उनले बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  १० : ०० बजे

‘निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यक’

मोरङ– निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधिसभा सदस्यको

विमानस्थलबाट ११ किलोभन्दा बढी अवैध लागूऔषध गाँजासहित तीनजना भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट आज करिब ११

धरहराको नयाँ संरचनामा पार्किङ व्यवस्थापन काठमाडौं महानगर गर्ने

काठमाडौं– धरहरा क्षेत्रमा निर्माण भएको संरचनामा सवारी साधन पार्किङ सञ्चालनको

४१ दलले आयोगमा बुझाए चुनावी घोषणापत्र

काठमाडौं- आसन्न प्रतिनिधिसभा निर्वाचनमा होमिएका मध्ये ४१ वटा दलले पार्टीको

जीवन बदलिने आशामै छन् बोटे समुदाय

मध्यविन्दु– बोटे समुदाय परम्परागत पेसामै निर्भर छन् । पुस्तौँदेखि माछा