के छ राजनीतिक दल सम्बन्धी संशोधन विधेयकमा ? « Khabarhub

के छ राजनीतिक दल सम्बन्धी संशोधन विधेयकमा ?


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभामा ‘राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक, २०८०’ पेस भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विधेयक प्रतिनिधिसभामा पेस गरेका हुन् ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेश, २०७८ एक महिनापछि फिर्ता लिइएको थियो ।

२०७८ भदौ २ गते प्रमाणीकरण भएको उक्त अध्यादेश नेकपा एमालेमा असन्तुष्ट माधवकुमार नेपाल नेतृत्वका नेताहरूलाई निर्वाचन आयोगमा नयाँ दल दर्ता गराउने प्रयोजनको लागि ल्याइएको थियो । यो अध्यादेशका कारण नेकपा एमाले पार्टीबाट अलग भएर नेपाल नेतृत्वको समूहले नेकपा एकीकृत समाजवादी पार्टी निर्माण गरेको हो ।

उक्त अध्यादेशले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ मा रहेको दल त्यागसम्बन्धी व्यवस्थालाई परिवर्तन गरेको थियो ।

अध्यादेशमा दलको केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटाको २० प्रतिशत सदस्यको समर्थनमा नयाँ दल गठन गरेको मान्न सकिने व्यवस्था राखिएको थियो ।

तर त्यसअघिको मूल ऐनमा केन्द्रीय समिति र सङ्घीय संसद्को संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्को कुनै दलमा प्रवेश गरेमा वा उनीहरू सम्मिलित भई नयाँ दल गठन गरेमा उनीहरूले दल त्याग गरेको नमानिने उल्लेख गरिएको छ ।

अध्यादेश निष्क्रिय भएसँगै राजनीतिक दल सम्बन्धी ऐन, २०७३ लाई नै निरन्तरता दिनका लागि यो संशोधन विधेयक ल्याइएको हो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ४ : १२ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार