के छ राजनीतिक दल सम्बन्धी संशोधन विधेयकमा ? « Khabarhub

के छ राजनीतिक दल सम्बन्धी संशोधन विधेयकमा ?


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभामा ‘राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन विधेयक, २०८०’ पेस भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विधेयक प्रतिनिधिसभामा पेस गरेका हुन् ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले जारी गरेको राजनीतिक दल सम्बन्धी अध्यादेश, २०७८ एक महिनापछि फिर्ता लिइएको थियो ।

२०७८ भदौ २ गते प्रमाणीकरण भएको उक्त अध्यादेश नेकपा एमालेमा असन्तुष्ट माधवकुमार नेपाल नेतृत्वका नेताहरूलाई निर्वाचन आयोगमा नयाँ दल दर्ता गराउने प्रयोजनको लागि ल्याइएको थियो । यो अध्यादेशका कारण नेकपा एमाले पार्टीबाट अलग भएर नेपाल नेतृत्वको समूहले नेकपा एकीकृत समाजवादी पार्टी निर्माण गरेको हो ।

उक्त अध्यादेशले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ मा रहेको दल त्यागसम्बन्धी व्यवस्थालाई परिवर्तन गरेको थियो ।

अध्यादेशमा दलको केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटाको २० प्रतिशत सदस्यको समर्थनमा नयाँ दल गठन गरेको मान्न सकिने व्यवस्था राखिएको थियो ।

तर त्यसअघिको मूल ऐनमा केन्द्रीय समिति र सङ्घीय संसद्को संसदीय दलका कम्तीमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्को कुनै दलमा प्रवेश गरेमा वा उनीहरू सम्मिलित भई नयाँ दल गठन गरेमा उनीहरूले दल त्याग गरेको नमानिने उल्लेख गरिएको छ ।

अध्यादेश निष्क्रिय भएसँगै राजनीतिक दल सम्बन्धी ऐन, २०७३ लाई नै निरन्तरता दिनका लागि यो संशोधन विधेयक ल्याइएको हो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ४ : १२ बजे

आँट गरेरै सर्लाहीबाट उम्मेदवारी दिएको हुँ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आँट गरेर सर्लाही–४

विश्व राजनीति : ईयु– अमेरिका सम्बन्धमा नयाँ अध्याय सुरु

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले ग्रिनल्याण्ड विवादका कारण बढ्दो तनावको

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ ।

सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य

एजेन्सी– युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू)को ऊर्जा बजारमा

स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ र