सुनजस्तै पहेँलो देखिने वस्तुसहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ « Khabarhub

सुनजस्तै पहेँलो देखिने वस्तुसहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो रंगको वस्तु सहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

सुनजस्तो पहेँलो रंगको वस्तुले लेपन गरिएको करिब ७ सय ग्राम र शंकास्पद धुलो रहेको कफिको ३ वटा प्याकेटमा रहेको ७ सय ४० ग्राम गरी जम्मा १ किलो ४ सय ४० ग्रामसहित भारतीय नागरिक ३७ वर्षीया तशलिम सुलताना बुस्रा पक्राउ परेकी हुन् ।

नेपाल एयरलाईन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटमा चेकजाँच गर्ने क्रममा उक्त वस्तुसहित फेला पारी प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागी भन्सार कार्यालय गौचरमा पठाइनेछ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ४ : ४६ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका