प्रथम राष्ट्रपति डा. यादवलाई महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार « Khabarhub

प्रथम राष्ट्रपति डा. यादवलाई महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा सम्मान २०८० प्रथम राष्ट्रपति डा. रामवरण यादवलाई प्रदान गरेका छन् ।

महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानद्वारा आइतबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित १०३ औँ महेन्द्रनारायण निधि जन्मजयन्ती पुरस्कार तथा सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले प्रथम राष्ट्रपति डा यादवलाई सो पुरस्कार प्रदान गरेका हुन् ।

वर्तमान संविधान निर्माणक्रममा समन्वयकारी भूमिका निर्वाह गरेर संविधानसभाबाट जनताले बनाएको संविधान जारी गर्ने महत्वपूर्ण योगदान पुर्‍याएबापत संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. यादवलाई सो पुरस्कार प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ । सो कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले परिवर्तनको अनुभूति वास्तविक रुपमा गरिब, पिछडिएका र आर्थिक अवस्था कमजोर भएका वर्गले पाउन नसक्दासम्म संविधान र गणतन्त्रले परिकल्पना गरेको लक्ष्य पूरा हुन नसक्ने उल्लेख गरे ।

उनले राजनीति शासन र सुशासनलाई सुदृढ, व्यवस्थित र विधिसम्मत बनाउँदै देश, जनता र समाजको सर्वोत्तम हितमै केन्द्रित हुनुपर्नेमा जोड दिए । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले निर्दिष्ट गरेका कामप्रति अझै ध्यान जान नसक्दा कतै जनतामा निराशा आएको हो कि भनेर पनि यतिबेला चिन्ता प्रकट भइरहेको उनले उल्लेख गरे ।

राष्ट्रपति पौडेलले कतिपय सन्दर्भमा कतै आफ्नै राजनीतिक र शासकीय कमजोरीले त यस्तो अवस्था आएको होइन भन्दै आफ्नै कमजोरीलाई व्यवस्थाका कमजोरी भनेर लोकतन्त्रको आदर्शलाई अपव्याख्या गर्ने काम त भइरहेको छैन ? भन्ने प्रश्न गर्नुभयो ।

कार्यक्रममा राष्ट्रपति पौडेलले महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार तथा सम्मान २०७९, लोकतान्त्रिक आन्दोलनका अग्रज योगप्रसाद उपाध्याय, प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार तथा सम्मान २०८० समाजसेवी दुर्गा घिमिरे तथा प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार तथा सम्मान २०७९ संगीत साधक सरिता मिश्रलाई सो अवसरमा प्रदान गरे ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ६ : १० बजे

२०८२ मा मुद्दती निक्षेपतर्फ ३४ प्रतिशतसम्मले घट्यो ब्याजदर, कुन बैंकको कति घट्यो ?

काठमाडौं– २०८२ सालमा बैंकिङ क्षेत्रको निक्षेपमा निक्षेपकर्ताले पाउने ब्याजमा ठूलो

विराट गोल्ड कप : सम्राट स्पोर्टिङ क्लब सेमिफाइनलमा प्रवेश

मोरङ– ३८औँ संस्करणको विराट गोल्ड कप फुटबल प्रतियोगितामा सम्राट स्पोर्टिङ

भोजपुर लुङ्गिनका किसान व्यावसायिक सुन्तला खेतीमा आकर्षित

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसानहरू पछिल्लो समय व्यावसायिक सुन्तला

विपद् प्रतिकार्यका लागि ‘समुदाय विपद स्वयंसेवक’ तयार

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकामा विपद् जोखिम न्यूनीकरण गर्नका

तनहुँका दुई पालिकामा केन्द्रीय निर्देशन अगावै पठनपाठन

तनहुँ– सङ्घीय सरकारले शैक्षिक सत्र २०८३ को पठनपाठन वैशाख २१