सवारी ज्यान मुद्दाका दुई फरार प्रतिवादी पक्राउ « Khabarhub

सवारी ज्यान मुद्दाका दुई फरार प्रतिवादी पक्राउ


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काभ्रे – सवारी ज्यान मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचखाल नगरपालिका वडा नम्बर १२ का ४४ वर्षीय मदन बहादुर दनुवार र मण्डनदेउपुर नगरपालिका वडा नम्बर १२ का ३४ वर्षीय दुर्गा बहादुर तामाङ रहेको प्रहरीले जनाएको छ।

सवारी ज्यान मुद्दाअर्न्तगत मदन बहादुर दनुवारलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०७९ कार्त्तिक २० गते २ हजार रुपैंया सजायको फैसला गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए। अदालतको फैसालापछि उनी फरार रहेका थिए।

त्यस्तै, सवारी ज्यान मुद्दामा दुर्गा बहादुर तामाङलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०७९ भदौ ३१ गते २ हजार रुपैयाँ सजायको फैसला गरेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। अदालतको फैसालपछि उनी फरार रहेका थिए।

फरार रहेका दुवै प्रतिवादीलाई प्रहरीले फाल्गुण १३ गते पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा पेश गरिएको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  ८ : ४९ बजे

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं – युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्

दलित समुदायभित्रको अन्तरजातीय विभेद हटाउन ‘नमूना समूह’

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ५ मा दलित समुदाय सामाजिक परिवर्तनका

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट