चीनमा प्रत्यक्ष वैदेशिक लगानीको आप्रवाह घट्दै « Khabarhub

चीनमा प्रत्यक्ष वैदेशिक लगानीको आप्रवाह घट्दै


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनमा प्रत्यक्ष वैदेशिक लगानीको आप्रवाह घट्दै गएको पाइएको छ । हङकङ पोस्टका अनुसार लगानीकर्ताले चिनियाँ बजारमा विश्वास गुमाउँदै गएकाले प्रत्यक्ष वैदेशिक लगानी घटेको हो ।

हङकङ पोस्टका अनुसार सन् २०२३ मा चीनको प्रत्यक्ष लगानीको दायित्व भुक्तानी सन्तुलनको ३३ अर्ब डलर पुगेको छ । सन् २०२२ को तुलनामा यो ८२ प्रतिशतले कम र सन् १९९३ यताकै सबैभन्दा कम रहेको जनाइएको छ ।

त्यसबाहेक अमेरिका, जापान, ताइवान, भारतजस्ता मुलुकसँग भूराजनीतिक तनाव चुलिएका कारण पनि विदेशी लगानीकर्ताले चिनियाँ बजारमा विश्वास गुमाउँदै गएको जनाइएको छ ।

त्यसैगरी, बढ्दो ज्याला, घरजग्गा क्षेत्रमा देखिएको संकट र आन्तरिक अर्थतन्त्रमा देखिएको सुस्तताले गर्दा पनि लगानी घटेको पाइएको हो ।

सन् २०२३ को चौथो त्रैमासिकमा चीनमा केबल १७ अर्ब ५० करोड डलर वैदेशिक लगानीका रुपमा भित्रिएको जनाइएको छ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  १२ : ११ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका