इलाम–२ मा युवालाई उठाउने, म उठ्दिनँ  : खनाल « Khabarhub

इलाम–२ मा युवालाई उठाउने, म उठ्दिनँ  : खनाल


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


666
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले आगामी वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनमा आफू उम्मेदवार नबन्ने बताएका छन् ।

उनले आज खबरहबसँग कुरा गर्दै आफू उपनिर्वाचनमा नउठ्ने तर आफ्नो पार्टीबाट युवा उम्मेदवार खडा गर्ने बताए । उनले भने, ‘यो पटक मेरो उठ्ने मनसायमा छैन । साथीहरूलाई उठाउने हो । युवा साथीहरू आउन सक्नुहुन्छ ।’ उनले बुधबार सम्ममा एकीकृत समाजवादीको उम्मेदवार टुंगो लाग्ने बताए ।

नेता खनाल वाम गठबन्धनबाट उम्मेदवार बन्ने हल्ला चलेको भएपनि एमालेले पार्टीका तत्कालीन उपाध्यक्ष स्वर्गीय सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उठाउने निर्णय गरेसँगै पछि हटेका हुन् ।

यता, सत्ता गठबन्धनमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो उम्मेदवार उठाउने निर्णय गरेको छ । तर कुनै उम्मेदवारको नाम भने टुंगो लगाएको छैन ।

यसबारे खनालले भने, ‘सत्ता गठबन्धनले पनि आआफ्ना उम्मेदवार उठाउने भन्नु भएको छ । हामी पनि उठाउँछौँ ।’

२०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा यो क्षेत्रमा तत्कालनी कांग्रेस–माओवादी गठबन्धन र एमालेबीच प्रतिस्पर्धा भएको थियो ।

त्यसबेला एमालेका उम्मेदवार स्व. नेम्वाङले ३० हजार २० मत ल्याएका थिए भने गठबन्धनका तर्फबाट कांग्रेस नेता डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत पाएका थिए ।

इलामका दुई वटै क्षेत्रमा गठबन्धनलाई हराउँदै एमाले उम्मेदवारहरू विजयी बनेका थिए । गत निर्वाचनको तथ्याङ्कलाई आधार मान्ने हो भने इलाम–२ मा एमाले एक्लैको मत ३० हजार छ ।

सो क्षेत्रमा नेपाली कांग्रेसले अनौपचारिक रुपमा जिल्ला सभापति डम्बर खड्कालाई उठाउने बताएको भएको पनि  औपचारिक निर्णय भने गरेको छैन । यस्तै, पहिचान पक्षधरले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

यो पनि…
७४ वर्षे झलनाथ भन्छन्- ३० वर्षे जोस छ, परिआउँदा जिम्मेवारी लिन्छु

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  १२ : २७ बजे

अबको निर्वाचनमा एमाले बहुमतका साथ फर्किने छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण, भयरहित र

अफगानिस्तान-पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु

एजेन्सी– गत अक्टोबरमा भएको घातक झडप पछिको पछिल्लो पाकिस्तान–अफगानिस्तानको मुख्य

नेपालले आँखा उपचारमा गुणस्तरीय सेवा दिँदै आएको छ : प्रथम राष्ट्रपति यादव

वीरगञ्ज– नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नेपालले आँखा उपचारमा

चितवनले गुमायो चौथो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबार जारी दोस्रो खेलमा अहिले

वालिङ–हुवास सडक कालोपत्र हुँदै

पर्वत– दक्षिण पर्वतलाई स्याङ्जासँग जोड्ने वालिङ–हुवास सडकअन्तर्गत हुल्काङ–पियाखेत खण्डमा कालोपत्र