मङ्गोलियामा आँधीबेहरीको चेतावनी  | Khabarhub Khabarhub

मङ्गोलियामा आँधीबेहरीको चेतावनी 


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

उलान बाटोर– मङगोलियाको मौसम विज्ञान र वातावरणीय अनुगमन निकायले सोमबार तीव्र हावा र धुलोको आँधीबेहरीको चेतावनी जारी गरेको छ ।

मंगलबारदेखि शुक्रबारसम्म देशको दक्षिणी गोबी मरुभूमि प्रान्तहरू उम्नुगोवी, डुन्डगोवीडोर्नोगोवीमा तीव्र हावा र पहेँलो धुलोको आँधी आउने आशंका गरिएको छ । हावाको गति  लगभग ६१ किलोमिटर प्रति घण्टा नाघेको मौसम अनुगमन निकायले जनाएको छ ।

निकायले सर्वसाधारणहरूलाई सम्भावित प्रकोपविरुद्ध अतिरिक्त सावधानी अपनाउन चेतावनी दिएको छ ।  

मङ्गोलियामा कठोर महाद्वीपीय जलवायु भएकाले वसन्तमा हिउँ पर्ने तीव्र हावा र धुलोसहितको आँधीबेहरी आउने सम्भावना बढी हुन्छ ।

वातावरण तथा पर्यटन मन्त्रालयका अनुसार हालैका वर्षहरूमा मङ्गोलियामा धुलोसहितको आँधीबेहरीको बढ्दो आवृत्तिको पछाडि जलवायु परिवर्तनसँग सम्बन्धित मरुभूमिकरण मुख्य कारक हो ।

मङ्गोलियाको सरकारी तथ्यांकअनुसार मङ्गोलियाको कुल क्षेत्रको करिब ७७ प्रतिशत जमिन मरुभूमिकरण र वातावरणीय विनासको असरबाट प्रभावित छ ।  

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ५ : ०५ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ