कमेडियन दुर्घटना अपडेट : सुशान्तलाई आईसीयुमा सारियो | Khabarhub Khabarhub

कमेडियन दुर्घटना अपडेट : सुशान्तलाई आईसीयुमा सारियो


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


26.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत शुक्रबार भएको कार दुर्घटनामा घाइते भएका हास्य कालाकार सुशान्त बस्यालको अवस्थामा केही सुधार आएको छ । मध्यपुर ठिमी अस्पतालमा उपचररत बस्याललाई भेन्टिलेटरबाट आइसीयूमा सारिएको छ ।

उनको उपचारमा संलग्न चिकित्सले खबरहबसँग भने, ‘उहाँलाई यहाँ लगाउँदा सर्जरी नगरी नहुने अवस्था थियो, ज्यान नै गुम्ने जोखिम थियो । हाम्रो टिमले सर्जरी गरेका छौं ।’

सुशान्तका माइला दाजु प्रवीणका अनुसार उनको अवस्था सुधारोन्मुख रहेको चिकित्सकले बताएका छन् । प्रवीणले खबरहबसँग भने, ‘भेन्टिलेटरबाट बाहिर राखिएको छ । अक्सिजन दिनु परेको छैन । हामीलाई यत्ति नै जानकारी छ ।’

सुशान्त पूर्ण रुपमा भने होसमा नआएको प्रवीणको भनाइ छ । उनले भने, ‘पूर्ण बेहोस पनि होइन । केही कुरामा प्रतिक्रिया जनाउन खोजेको छ । तर केही सुधार भने भएको छ ।’

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी एवं सूचना अधिकारी वसन्त पाठकका अनुसार सुशान्तको टाउकामा रगत जमेको अस्पतालले जानकारी गराएको छ ।

प्रवीणका अनुसार अस्पतालले बाहिरी चोट अथाव भित्री चोटको बारेमा जानकारी गराएको छैन । उनले भने, ‘चोटको कुरा टेक्निकल भयो, हामीले सुशान्तलाई भेट्दा टाउकामा पट्टी थियो ।’

मदिरा पिएर कार चलाएको प्रहरीको दाबी

शुक्रबार राति कमेडी च्याम्पियन निर्देशक विशाल भण्डारी, कलाकारहरु पुजन अधिकारी, रजनीश अर्याल, पवन भट्टराई, प्रकृति गिरी र सुशान्त मदिरा पिएर नगरकोट निस्किएको अनुसन्धानबाट खुलेको प्रहरी बताउँछ ।

नगरकोटमा बास बस्न हिँडेका उनीहरु त्यहाँ नबसी नगरकोट चोकबाटै फर्किएर धुलिखेलतर्फ लागेका थिए । त्यही क्रममा अरनिको राजमार्ग अन्तरर्गत सूर्यमोडमा टिपरसँग ठोक्किएको प्रहरीको भनाइ छ ।

दुर्घटना पश्चात उद्धार गरेर कारमा सवार सबैलाई मध्यपुर अस्पतालमा लगिएको थियो । अगाडिको सिटमा बसेका पुजन र विशाल दुवैले कार चलाएको अस्वीकार गरेका थिए ।

कारमा चढेका सबैले मदिरा सेवन गरेको प्रहरीको दाबी छ । प्रहरीका नअनुसार दुर्घटनास्थल सीसीटीभीको निगरानीभन्दा बाहिर छ ।

डीएसपी पाठक भन्छन्, ‘टिपर ड्राइभरले कार चालकको हुलिया बताएपछि भने भण्डारीले दुर्घटनाग्रस्त ०१–०२६–च ०३५९ नम्बरको कार चलाएको स्वीकार गरे ।’

सूर्य विनायकमा दुर्घटना भएको खबर आए लगत्तै प्रहरी दुर्घटनास्थल पुग्दा सबैजना कारमै रहेको डीएसपी पाठक बताउँछन् ।

अस्पताल पुर्‍याएर सामान्य उपचारपछि अघिल्लो सिटमा बसेका पुजन र विशाललाई प्रहरीले हिरातसतमा लिएको थियो ।

डीएसपी पाठक भन्छन्, ‘सुशान्त परिवार र भण्डारीबीच उपचार खर्च भण्डारीले बेहोर्ने लिखित सहमतिपछि उनलाई हिरासत मुक्त गराइएको हो ।’

प्रहरीका अनुसार पीडितका तर्फबाट जाहेरी दर्ता भएको अवस्थामा भने मुद्दा प्रक्रिया अगाडि बढ्नेछ । अहिलेसम्म पीडितको परिवारबाट कुनै उजुरी दर्ता भएको छैन ।

‘जाहेरी परेको अवस्थामा चालक भएका हिसाबले प्रतिवादी भण्डारी नै हुन्छन्,’ डीएसपी पाठक भन्छन् ।

मदिरा खाएर सवारी साधन चलाएको कसुरमा भण्डारीलाई ट्राफिक कारबाही गरिसकेको प्रहरीले खबरहबलाई जानकारी दियो ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ६ : ०२ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि