सेयर बजारमा दोहोरो अंकको गिरावट  | Khabarhub Khabarhub

सेयर बजारमा दोहोरो अंकको गिरावट 


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा आज दोहोरो अंकको गिरावट देखिएको छ । नेप्से परिसूचक १७ दशमलव ०१ अंकले घटेर दुई हजार ३१ दशमलव ५५ को बिन्दुमा कायम भएको छ ।

आज तीन सय चार कम्पनीका ७० लाख ६१ हजार १२ कित्ता शेयर ४४ हजार दुई सय ३६ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ४८ करोड ९१ लाख १८ हजार चार सय ८५ बराबरको कारोबार भएको छ ।

होटल तथा पर्यटन समूह शून्य दशमलव ४५, उत्पादन तथा प्रशोधन दुई दशमलव १९, म्युचुअल फन्ड शून्य दशमलव १९ र व्यापार समूह शून्य दशमलव ३० प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

 बैंकिङ एक दशमलव २२, विकास बैंक एक दशमलव ४९, वित्त शून्य दशमलव ८५, जलविद्युत् एक दशमलव १२ र लगानी समूह शून्य दशमलव ३६ प्रतिशतले घटेको छ । त्यसैगरी, जीवन बीमा समूह शून्य दशमलव ९६, उत्पादन दुई दशमलव २५, निर्जीवन बीमा शून्य दशमलव ७७ र अन्य समूह शून्य दशमलव ५४ प्रतिशतले घटेको छ ।

बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्वोत्तम सिमेन्ट लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशतले बढेको छ । त्यसैगरी, किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै गुर्खाज फाइनान्स लिमिटेडको रु २८ करोड ९० लाख २५ हजार आठ सय ५६ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ५ : ५५ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ