एनिमेसन फिल्म ‘सलिना’को ट्रेलर सार्वजनिक « Khabarhub

एनिमेसन फिल्म ‘सलिना’को ट्रेलर सार्वजनिक


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एनिमेसन प्रविधिबाट पहिलो पटक नेपाली भाषामा निर्माण गरिएको चलचित्र ‘सलिना’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण पक्षले सोमबार ट्रेलर सार्वजनिक गरेको हो । 

ट्रेलर सार्वजनिक गर्दै निर्माण पक्षले दन्तेकथामा फिल्म निर्माण भएको जानकारी दिएको छ । 

निर्देशक तेजश जोशी फिल्मबारे जानकारी दिँदै भन्छन्, ‘यो फिल्म मुख्यतः राजकुमारी सलिनाको कथा हो । असाधारण उद्देश्यले उनको जन्म भएको हुन्छ । उनी अरू पात्रहरूसँग मिलेर सबैभन्दा ठूलो राक्षसनीलाई हराउने अभियानको यात्रा सुरु गर्छिन् ।’

रेनमेकर एनिमेसन एकेडेमीले चलचित्र निर्माणको ६ दशकको यात्रामा ऐतिहासिक सुरुवात गरेको हो । लगानी बढी लाग्ने र सानो बजार भएकाले नेपाली निर्माताहरुको एनिमेस फिल्ममा आकर्षण छैन । 

यो फिल्मको शतप्रतिशत प्राविधिक काम नेपालमा नै गरेको निर्माण पक्षको दाबी छ ।  फिल्म चैत १६ गतेबाट प्रदर्शनमा आउँदै छ । 

यो फिल्मका निर्माता तेजस राज जोशी र श्रुति श्रेष्ठ हुन् । चलचित्रको सम्पादन शिव पुरी र श्रुति श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् । चलचित्रको ग्राफिक कलाकारहरूमा सगिन महर्जन, अविनाश सिंह थारूशिरभा मानन्धर रहेका छन् । 

यो चलचित्रमा पाश्र्व आवाज दिने कलाकारहरू, सुशील नेपाल, अदिति ज्ञवाली, बेनिशा खतिवडा, एज्मी कुइंकेल, झरना राई, देव न्यौपाने, शिव पुरी, युबिन पुजारी, जुना थापा, कुमार न्यौपाने, प्रकाश अधिकारी, रोशन भट्ट, सगिन महर्जन, अविनाश सिंह थारु, शिरभा मानन्धर, बिराज खड्का, लजना श्रेष्ठ, श्रुति श्रेष्ठ, सुदिष्णा श्रेष्ठ, सुनिना शाक्य र कृष्मा राजकर्णिकार हुन् ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ७ : ५३ बजे

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम– वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बनेका छन् ।

आशिकाको आक्रोश : विदेशमा मृत्यु भएका नेपालीको शव ल्याउन सरकारले चासो देखाएन

काठमाडौं– रास्वपा सांसद आशिका तामाङले विदेशमा मृत्यु भएका नेपालीहरूको शव

भारतीय सेना प्रमुखलाई नेपालको मानार्थ महारथीको दर्जा

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेना प्रमुख धिरज सेठलाई नेपाली

सर्वोच्चमा बहस : सामाजिक सञ्जालमा सार्वजनिक भएको कुरा समाचार बनाउनु अपराध होइन

काठमाडौं– वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै विषयमा पक्राउ गरिएको

बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले दिए राजीनामा

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन्