इन्डोनेसियामा डुङ्गा पल्टिँदा ११ रोहिङ्ग्या मृत फेला « Khabarhub

इन्डोनेसियामा डुङ्गा पल्टिँदा ११ रोहिङ्ग्या मृत फेला


१२ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

मेउलाबोह – इन्डोनेसियाको पश्चिमी तटमा गत साता करिब एक सय ५० व्यक्ति सवार डुङ्गा डुबेपछि कम्तीमा ११ रोहिङ्ग्या शरणार्थीको शव फेला परेको अधिकारीहरूले सोमबार बताएका छन् ।

म्यान्मामा उत्पीडनमा परेका धेरैजसो मुस्लिम समुदायका रोहिङ्ग्याहरू प्रत्येक वर्ष आफ्नो ज्यान जोखिममा राखेर कमजोर डुङ्गामा लामो र महँगो सामुिद्रक यात्रा गरेर मलेसिया वा इन्डिनेसिया पुग्ने प्रयास गर्छन् ।

इन्डोनेसियाली उद्धारकर्मीहरूले ७५ जनाको उद्धार गरिसकेपछि शुक्रबार बाँकी रोहिङ्ग्या शरणार्थीको खोजी कार्य बन्द गरेका थिए । यद्यपि बचेका केही मानिसले केही दिनअघि उनीहरूको डुङ्गा र उद्धार गर्न आएको डुङ्गा पल्टिँदा दर्जनौँ मानिस डुबेको बताएका थिए ।

स्थानीय खोज तथा उद्धार अभियानका प्रमुख मुहम्मद फत्तुर रचमनले करिब आधा दर्जन रोहिङ्ग्यालाई समुद्री किनारबाट २६ किलोमिटर टाढा समुद्रमा मृत फेला पारेको बताए। “अहिले थप छ जनाको शव निकाल्ने काम भइरहेको छ”, उनले भने, “ती सबै महिला थिए, हामीले एक माझीबाट शवहरूबारे सुनेका थियौँ, शवहरूलाई अस्पताल लगिने छ ।”

यसअघि संयुक्त राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी (युएनएचसिआर) का अधिकारीहरूले हालैका दिनहरूमा पाँच जनाको शव फेला परेको बताएका थिए ।

डुङ्गा पल्टिनुअघि हप्तादिनसम्म समुद्रमा अलपत्र परेकाहरूको अधिकारीहरूले बिहीबार नाटकीय उद्धार गरेका थिए । तीमध्ये धेरैजसो पल्टिएको डुङ्गामा टाँसिएको भेटिएका थिए । अन्य छ जनाको बुधबार माझीहरूले उद्धार गरेका हुन् ।

युएनएचसिआरका अनुसार नोभेम्बरको मध्यदेखि जनवरीको अन्त्यसम्म एक हजार सात सय ५२ रोहिङ्ग्या शरणार्थी इन्डोनेसियाको आचे र उत्तरी सुमात्रा प्रान्तमा प्रवेश गरेका थिए । तीमध्ये धेरै महिला र बालबालिका थिए ।

संयुक्त राष्ट्रसङ्घले सन् २०१५ यता मुस्लिम बाहुल्य देशमा बङ्गलादेशको बिग्रदाे स्थिति र रोहिङ्ग्याको जन्मभूमि म्यान्मामा हिंसाको निरन्तर खतराका कारण यो सबैभन्दा ठूलो आगमन भएको बताएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार  ८ : १६ बजे

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र

यस्ता छन् क्रिकेट इतिहासका ५ ठूला काण्ड

काठमाडौँ – नेपाली क्रिकेट टोली अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो उपस्थिति बलियो

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री