राष्ट्रिय विकास परिषदको बैठक बस्दै, १६औँ योजनालाई अन्तिम रुप दिइने « Khabarhub

राष्ट्रिय विकास परिषदको बैठक बस्दै, १६औँ योजनालाई अन्तिम रुप दिइने


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय विकास परिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बिहान ८ बजे होटल याक एन्ड यतिमा सुरु हुने बैठकले सरकारको १६औँ पाँच वर्षे योजनालाई अन्तिम रूप दिने जनाइएको छ ।

बैठकमा राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको अल्पकालीन, दीर्घकालीन वा आवधिक विकास योजनामाथि छलफल हुनेछ ।

बैठकलाई आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालसहित पूर्वप्रधानमन्त्रीहरू र राजनीतिक दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

बैठकको उद्घाटन सत्रमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले १६ औँ योजनाको मस्यौदा प्रस्तुत गर्नेछन्। त्यसपछि बैठकमा सहभागीहरुले आफ्नो मन्तव्यसहित मस्यौदा माथिको छलफलमा भाग लिनेछन्।

उद्‌घाटन सत्र समापन भएपछि विषयक्षेत्रगत छलफलको सत्र सुरु हुनेछ । यो सत्रमा सोह्रौं योजनाको मस्यौदामा छलफल हुने छ । छलफलमा विभिन्न क्षेत्रका विज्ञ र निजी क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन् ।

सहभागीहरु समूहगत छलफलमा सहभागी भई सोह्रौं योजनाको मस्यौदामा आवश्यक सुझाव प्रस्तुत गर्नेछन् । कार्यक्रमको समापन सत्रमा सातै प्रदेशका मुख्यमन्त्रीहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सरकारको ५ वर्षे रणनीति बनाउन राष्ट्रिय विकास परिषदको बैठक महत्वपूर्ण मानिन्छ ।

 

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  ७ : ३९ बजे

‘अवतार ३’ शुक्रबारदेखि नेपालमा प्रदर्शन, एडभान्स टिकट बिक्रीमा उत्साह

काठमाडौँ –  हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार : फायर एण्ड

इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू

‘मानसिक स्वास्थ्य समस्या होइन, खुलेर कुराकानी गरौँ’

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मानसिक

मुस्कुराउँदै महाधिवेशनस्थलमा देखिए प्रदीप ज्ञवाली (तस्बिरहरू)

काठमाडौं–  नेकपा एमालेको महाधिवेशनमा उपमहासचिव प्रदीप ज्ञवाली खुसी मुद्रामा देखिएका छन् ।

मंगलबार १८७ वटा कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेको छ