टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने « Khabarhub

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले अमेरिकी कानूनविरुद्ध लड्ने जनाएको छ । टिकटक छोटा भिडियो साझेदारी हुने लोकप्रिय एप हो ।

नौ महिनाभित्र लगानी फिर्ता लैजानुपर्ने या प्रतिबन्ध झेल्नुपर्नेगरी अमेरिकी राष्ट्रपति जो बाइडेनले हालै एक विधेयकमा हस्ताक्षर गरिसकेका छन् । टिकटकको स्वामित्व चिनियाँ कम्पनी बाइट डान्ससँग छ ।

अमेरिकाका टिकटक प्रयोगकर्ताको विवरण बाइट डान्सले चीन सरकारलाई उपलब्ध गराइरहेको चीनको आशंका छ । यही आशंकाबीच अमेरिकाले टिकटक बन्द गराउनेगरी विधेयक ल्याएको हो । तर प्रयोगकर्ताको विवरण चीन सरकारलाई उपलब्ध गराएको भन्ने आरोप टिकटकले अस्वीकार गर्दै आएको छ ।

टिकटकका प्रमुख च्युसोउ जीले अमेरिकी सरकारको पछिल्लो कदमविरुद्ध अदालतमा लडाईं लडिरहने बताएका छन् । तथ्य र संविधान आफूहरूको पक्षमा रहेकाले आफूहरू अमेरिका छाडेर कतै नजाने उनले दाबी गरेका छन् ।

टिकटकमै एक भिडियो राख्दै जीले पछिल्लो विधेयकमाथि कडा आलोचना गरेका छन् । उनले टिकटकका कारण मानिसहरूको जीवन सुध्रिएको पनि बताएका छन् । टिकटकमाथिको प्रतिबन्ध मानिसहरूको आवाजमाथिकै प्रतिबन्ध हुने उनको तर्क छ ।

अर्को एक विज्ञप्तिमा टिकटकले अमेरिका तथ्याङ्क सुरक्षित राख्न अर्बाैं डलर लगानी गरेको र यो प्लेटफर्म कुनै पनि प्रकारको दबाबबाट मुक्त रहेको दाबी गरेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  १० : २५ बजे

उम्मेदवारको भाइरल मोह– सचेत मतदाताले रुचाउलान् त चटक ?

काठमाडौं— चुनावमा मतदातालाई प्रभावित पार्न गोठमा पुगेर गाई दुहुने, भकारो

हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश

ढाका– लामो समयसम्म प्रधानमन्त्री रहेकी शेख हसिनालाई अपदस्थ गरेको सन्

सर्लाहीमा सात किलो गाँजासहित दुईजना पक्राउ

बरहथवा– अवैध लागूऔषध गाँजासहित सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ

प्रतिनिधिसभा निर्वाचन : काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम छन् ।

चिसो मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ?

अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो