१६ औँ योजनामा सूचना प्रविधिको विस्तारमा प्रधानमन्त्रीको जोड | Khabarhub Khabarhub

१६ औँ योजनामा सूचना प्रविधिको विस्तारमा प्रधानमन्त्रीको जोड


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिएको बताएका छन् । 

राष्ट्रिय विकास परिषद्को बैठकको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषिको व्यावसायीकरण, उत्पादनमूलक उद्योग, रोजगारमूलक शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धिमा १६ औँ योजना केन्द्रित हुने बताएका हुन्। 

आर्थिक समृद्धिको सम्वाहकका रूपमा निजी क्षेत्रलाई आत्मसात गर्दै सहकारी, सामुदायिक एवं गैरसरकारी क्षेत्र र विकास साझेदारलाई सहयोगी भूमिकामा योजनाले अङ्गीकार गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सोच, लक्ष्य र लगानीको अनुमान उपयुक्त हुनेगरि योजना तयार हुने विश्वास व्यक्त गरे ।

योजना सफल कार्यान्वयनका लागि तीनै तहका सरकारको सहकार्य, सहयोग र समन्वय अपरिहार्य रहनुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले पर्याप्त लगानी तथा सार्वजनिक खर्च जुटाउनका लागि सबै तहका सरकारले विवेकपूर्ण राजस्व परिचालन गर्नुपर्नेमा जोड दिए।

सबै पक्षलाई समेटेर नियमित र नतिजामूलक अनुगमन तथा मूल्यांकन प्रणाली विकास गरी कार्यान्वयनमा जोड दिनुपर्ने बताउँदै प्रधानमन्त्रीले अब आर्थिक सुधारको एकीकृत ढाँचा राष्ट्रिय योजना आयोगले सबै निकायको समन्वयमा तयारगरी कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  १२ : १४ बजे

कर्मचारी खटनपटनमा गृहको कडाइ : शाखा अधिकृतसहित दुई कर्मचारीको गैलकट्टी

काठमाडौं– गृह मन्त्रालयले खटाएको ठाउँमा नजाने कर्मचारीको मंगलबार गैलकट्टी गरेको

कोशीको एमाले बैठकमा बस्नेतले भने- विद्या भण्डारीको अपमान गर्न पाइँदैन, सदस्यता रोक्ने निर्णय सच्याऊँ

काठमाडौं- धनकुटाको हिलेमा जारी नेकपा एमालेको कोशी प्रदेश कमिटी बैठकमा

बागमतीका मुख्यमन्त्री बानिँयाले पाए विश्वासको मत

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानिँयाले विश्वासको मत पाएका

गुरुङ समुदायमा मनाइयो ट्होटेँ

गण्डकी– आज साउनको अन्तिम मंगलबार अर्थात् गुरुङ समुदायको मौलिक पर्व

सबै भूमिहीनलाई लालपुर्जा दिलाएर इतिहास रच्नुस् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिर भएकाले ढुक्कका