वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा | Khabarhub Khabarhub

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा


१३ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने टिमको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिमको घोषणा गरेको हो ।

नेपाली टिममा कप्तान रोहितसहित आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, बिबेक यादव र आकास चन्द रहेका छन् ।

यता, वेस्ट इन्डिज ‘ए’ टिम बुधबार नै काठमाडौं आइसकेको छ । नेपाल टुरमा आउने वेस्ट इन्डिज ‘ए’ टिममा  रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श रहेका छन् ।

त्यस्तै प्रशिक्षण टिममा मुख्य प्रशिक्षकमा फ्लोयड रेफर, सहायक कोचमा रेयन ग्रिफिथ, फिजियोथेरापिस्टमा नील ब्यारी, स्ट्रेन्थ एण्ड कन्डिसन कोचमा शेन कूपर, प्रबन्धक र विश्लेषकमा अवनेश सीताराम रहेका छन् ।

सार्वजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इण्डिज ‘ए’ बीच पहिलो खेल आगामी शनिबार (अप्रिल २७) हुनेछ भने दोस्रो खेल वैशाख १६ गते, तेस्रो खेल वैशाख १९, चौथो खेल वेशाख २० र पाचौँ खेल वैशाख २२ गते हुनेछ । टियु मैदानमा हुने सिरिजका सबै खेल अपराहन्न १ बजेदेखि शुरु हुने छन् ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहीबार  १२ : १८ बजे

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर

कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले

इलाम र बझाङमा माओवादीको दहीच्युरे नीति किन?

काठमाडौं – प्रतिनिधि सभामा ३२ सिट भएको नेकपा (माओवादी केन्द्र)